काठमाडौं । मोही प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएबापत नेपाल डेरी एसोसिएसन सम्मानित भएको छ । स्कुल एलायन्स फर एकेडेमी ट्रान्स्फर्मेसन (स्याट)द्वारा आयोजीत एसईई सम्मान कार्यक्रमको अवसरमा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाललाई सम्मान गरिएको हो ।
सम्मानले दूध, दुग्ध पदार्थ तथा मोहीको प्रवर्द्धनमा थप सक्रियताका साथ काम गर्न प्रोत्साहन मिलेको अध्यक्ष दाहालले बताए ।
कार्यक्रममा उपस्थित करिब १५० जनालाई एसोसिएसनले मोहीसमेत उपलब्ध गराएको थियो ।
‘पछिल्लो समयमा देशभर मोहीको प्रवर्द्धन बढेको छ,’ अध्यक्ष दाहालले भने, ‘मोही प्रवर्द्धन अभियानपछि झण्डै एक दर्जन डेरी उद्योगले मोहीलाई ब्राण्डिङ गरेर बजारमा ल्याएका छन् । हरेक ठाउँमा मोही राख्न्न थालिएको छ ।’ पछिल्लो समय सिंहदरबारका हरेक क्यान्टिनदेखि गाउँ गाउँसम्म मोहीका माग बढेको उनले बताए ।
Comments are closed.