प्रतिभा माविमा विद्यार्थीलाई स्वागत, भविष्यको लक्ष्यसहित अध्ययन अघि बढाउन सुझाव

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नुु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै यस्तै सुझाव धेरैले दिन्छन् । तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भर्खरै ११ कक्षा अध्ययन थालेका विद्यार्थीलाई दिएको सुझाव छ–जिन्दगीमा कति जनालाई रोजगारी दिने हो, त्यो योजना डायरीमा कोर्नुस र अध्ययन थाल्नुस, त्यसले तपाईंलाई गन्तव्यमा पु¥याउन सघाउनेछ ।’

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सोमबार नवआगन्तुक विद्यार्थीका लागि आयोजित स्वागत र उत्प्रेरणामूलक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले विद्यार्थीलाई सुझाए, ‘हरेक वर्ष नयाँ विद्यार्थी कक्षा कोठा (११) मा आउँछन् । त्यो बेला उनीहरु अन्योलमा हुन्छन् । त्यसैले गन्तव्य पहिचान गरेर मात्र अध्ययन थाल्नुस्, त्यसो भयो भने भविश्य उज्जवल हुन्छ ।’

मेयर आचार्यले एक कदम माथि उठेर गन्तव्य पहिचान गर्न विद्यार्थीलाई सुुझाव पनि दिए । ‘भविष्य बुझेर मात्र पढ्नुस्’, उनले भने, ‘यो बेला उमेरको हिसाबले बढ्दो अवस्था भएकाले भविश्यबारे ख्याल गर्नुस् ।’ भविश्यमा कम्तिमा पनि केही सयजनालाई काम दिनेछु भनेर योजना बनाउने हो भने सफलता हात पर्ने मेयर आचार्यले बताए ।

‘कम्तिमा ५÷७ सय जनालाई रोजगार दिनेछु भनेर योजना बनाउनुस् । अहिले नै योजना बनाएर राख्ने गर्नुस्, त्यो योजना डायरीमा टिप्नुहोस्,’ कार्यक्रम उद्घाटन गर्दै उनले भने, ‘मैले पनि त्यस्तै योजना बनाएको थिएँ । त्यस्तो योजनाले तपाईंलाई सफतलाको मार्गमा डोर्याउनेछ ।’ मेयर आचार्यले विद्यार्थीलाई भने, ‘तपाईंको डायरीमा तपाईंले योजना कोर्ने हो । अरुले त्यो काम गरिदिन्न, आफैले गर्ने हो । त्यसका लागि विद्यार्थीसँग धैर्यता चाहिन्छ, अनि साहस पनि चाहिन्छ ।’

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जिन्दगीमा सुझ दुःख धेरै हुने भएपनि प्रगतिशील हुन विद्यार्थीलाई सुझाए । उनले विद्यार्थीलाई सकारात्मक सोँच राख्न पनि सुझाव दिए । ‘जिन्दगीमा सुखदुख धेरै नै हुन्छन् । त्यसैले प्रगतिशील हुनुपर्छ । सधैं सकारात्मक सोचौं, त्यसो भयो भने सफलता हात पार्छ,’ उनले भने ।

मनोपरामर्शदाता तथा उत्प्रेरक डा. ताराजीले जीवनको लक्ष्य पहिचान गरेर अघि बढ्न नवआगन्तुक विद्यार्थीलाई सुुझाए । अरुको लहैलहैमा नलाग्न उनको अनुरोध थियो । ‘पहिला लक्ष्य पहिचान गर्नुस्, त्यो लक्ष्य भेटाउन मेहनत गर्नैपर्छ । अरुको लहैलहैमा लाग्दा लक्ष्य नभेटिन पनि सक्छ,’ उनले भने, ‘सही मार्ग पहिल्याउन सकियो भने लक्ष्य पुरा हुनेछ ।’ उनले कुनैपनि निर्णय लिईसकेपनि त्यसलाई पुरा गर्न लागि पर्नुपर्ने पनि सुझाव दिए ।

विद्यालयका प्राचार्य किरण सापकोटाले पोखरा पर्यटनको मात्र नभई शिक्षाको पनि राजधानी भएको बताए । ‘जीवनमा धनि र शक्तिशाली भन्दा असल मान्छे बन्नुपर्छ,’ नवआगन्तुक विद्यार्थीलाई सुझाव दिँदै उनले भने, ‘त्यसका लागि मेहनत चाहिन्छ ।’ उनले प्रतिभा माविले विद्यार्थीलाई संस्कार सहितको शिक्षा दिने बताए ।

‘प्रतिभा माविले किताबी ज्ञान मात्र दिँदैन, व्यक्ति र व्यक्तित्व निर्माण गर्न सघाउँछ, त्यसैको प्रमाण हो–विद्यालयले देशभित्र मात्र नभई विदेशमा पनि पहिचान बनाउन सकेको छ,’ उनले भने, ‘प्रतिभाका विद्यार्थीले अहिलेसम्म वर्षेनी फरक फरक तरिकाले सुनौलो इतिहास रचेका छन । अब त्यो इतिहास रच्ने जिम्मा ११ मा भर्ना भएका विद्यार्थीको काँधमा छ ।’

प्राचार्य सापकोटाले विद्यार्थीका लागि दैनिक शैक्षिक कार्यक्रम सहित अरु नियमित गतिविधि गर्ने पनि जानकारी दिए । व्यवस्थापन विषयका विद्यार्थीका लागि बिजनेस प्लान बनाउने तथा होटल व्यवस्थापनका लागि फूड फेस्टिबल लगायतका कार्यक्रम गर्ने प्राचार्य सापकोटाले जानकारी दिए । प्रार्चाय सापकोटाले पछिल्लो समय विद्यालयले अन्तर्राष्ट्रिय स्तरमा पनि दायरा फराकिलो बनाउँदै लगेको बताए । विभिन्न मुलुकका विश्वविद्यालयसँग भगीनी सम्बन्ध बिस्तार गरिरहेको उनले बताए ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए । ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामि दिनमा ती प्रतिभा अझै थपिनेछन,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’

कक्षा १२ मा अध्ययनरत छात्रा प्रनिशा तुलाचनले नवआगन्तुक विद्यार्थीलाई कुनैपनि हिचकिचावट बिना अध्ययन गर्न सुझाइन । ‘प्रतिभाले अबको दुइवर्ष अहिलेका नवआगन्तुक विद्यार्थीको भविश्य कोर्नेछ,’ उनले भनिन, ‘त्यसैले कुनै हिचकिचावटबिना अध्ययन गर्नुपर्नेछ ।’ कार्यक्रममा गायिका अस्मिता अधिकारीले विद्यार्थीका लागि गीत पस्केकी थिईन । अधिकारीले गीत गाउँदा पोखरा सभागृहहल गुञ्जायमान बनेको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले पनि गीतसंगीत र नृत्य पस्केका थिए ।

प्रतिभा माविले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि पनि कार्यक्रम राख्ने प्राचार्य सापकोटाले जानकारी दिए । सोमबारको कार्यक्रममा नवआगन्तुत विद्यार्थी सहित उनीहरुका अभिभावक पनि सहभागि थिए । कार्यक्रममा एसइइमा चार जिपिए ल्याएर प्रतिभामा भर्ना भएका सहित खेलकुदमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.