गण्डकी प्रदेशको सीप परीक्षण केन्द्रको जिम्मेवारी कान्तिपुर टुरिजम कलेजलाई

आर्थिक आवाज
पोखरा, १७ जेठ । कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखराले गण्डकी प्रदेशको सीप परीक्षण केन्द्रको जिम्मेवारी प्राप्त गरेको छ । नेपाल सरकार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), राष्ट्रिय सीप परीक्षण समिति (एनएसटिबी), नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली (एनभिक्युएस) सानो ठिमी भक्तपुरले कलेजलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

पर्यटन विकास तथा बेरोजगारलाई रोजगार प्रदान गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित उक्त जिम्मेवारी कलेजले प्राप्त गरेको भन्दै जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने अध्यक्ष विजय पौडेलले बताए । ‘पर्यटन विकास, रोजगार तथा स्वदेशमै रोजगार गराउनुपर्छ भन्ने उद्देश्यले बेरोजगार युवायुवतीहरुलाई एकीकृत गर्दै होटल मेनेजमेन्ट कलेज सञ्चालन गरेका छौं,’ उनले भने ।

कुक, वेटर, हाउस किपिङ, बेकरी, फ्रन्ट अफिस, बारिस्ता, बारटेन्डरको पठनपाठन कलेजले सञ्चालन गर्दै आइरहेको छ । ‘नेपाल र विदेशका पाँचतारे होटलमा रोजगार ग्यारेन्टी गर्दै आइरहेका छौं,’ पौडेलले भने । थप सेवासहित अष्ट्रेलियाको कुलिनरी सोलुसन अष्ट्रेलियाबाट सम्बन्धन लिई लेबल थ्रि र फोरका डिप्लोमा इन कुलिनरी आर्टस र डिप्लोमा इन होटल म्यानेजमेन्ट कोर्ष गराउँदै आइरहेको पौडेलले जानकारी दिए । छिट्टै ब्याचलर इन होटल म्यानेजमेन्टको कोर्ष सञ्चालनको तयारी भइरहेको उनले बताए ।

You might also like

Comments are closed.