पोखरा । चांगन अन्तर्गतको दीपल गाडीका लागि पोखराको आधिकारिक बिक्रेतामा हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालि नियुक्त भएको छ । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि हिमालय अर्गनाइजेसनलाई डिलर नियुक्त गरेको हो ।
पोखराको नयाँ बजारमा रहेको डिलरमार्फत दीपल गाडी बुकिङ गर्न सकिनेछ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाईमा पर्ने विश्वास गरिएको छ । टेष्ट ड्राइभको लागि एक साताभित्र गाडी पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
दीपलको एस०७ र एल०७ लगायत अन्य मोडलहरु उपलब्ध हुने बताइएको छ । गाडी बुकिङ गर्ने ग्राहकलाई एक साताभित्रै गाडी उपलब्ध गराइने बताइएको छ । दीपलको एस०७ इ एसयुभी ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडीकोे मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिंगल चार्जमा ४१० किमी रेन्ज प्रदान गर्दछ । एल ०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ पर्छ ।
हिमालय अर्गनाइजेसन फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हो । बिगत ३ दशक भन्दा बढी समयदेखि यो समूम अटोमोबाइल व्यवसायमा सक्रिय छ । यो समूहका अध्यक्ष ध्रुव थापा नाडाको निबर्तमान अध्यक्षसमेत हुन् ।
Comments are closed.