पोखरा फाइनान्समा सी­आस्वा

पोखरा, २० फागुन ।
पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी सी­आस्वा प्रणाली सञ्चालनमा ल्याएको छ ।

सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा अनिवार्य रुपमा सी­आस्वा लागु गरिएकोले ग्राहकले वित्तीय संस्थाको कार्यालयमा सम्पर्क गरी सी­आस्वा रजिष्ट्रेसन नम्बर (सि.आर.एन.) लिएर स्वयंले अनलाइन मार्फत् वा वित्तीय संस्थाको कुनै पनि शाखामा गई सोही बमोजिम आवेदन बराबरको रकम आफ्नो खातामा रोक्का राखी आवेदन दिन सक्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.