पोखरा । पोखरा उद्योग वाणिज्य संघले नियमित रुपमा प्रदान गर्दै आएको सर्वोत्कृष्ठ व्यवसायी सम्मानद्वारा यस पटक उद्योगतर्फ लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रा.लि. लाई प्रदान गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघको ७०औं साधारण सभा तथा ३५औं महाअधिवेशनको उद्घाटन सत्रको अवसरमा अवार्ड वितरण गरिएको हो । सुजल डेरी प्रा.लि.को तर्फबाट लक्ष्मी ग्रुप का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले अवार्ड ग्रहण गरेका छन् ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतीले माला, दोसल्ला, पुष्प गुच्छा र सम्मानपत्रले श्रेष्ठलाई सम्मान गरेका हुन् ।
संघले पोखरामा स्थापित विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुमध्येबाट उद्योगतर्फ उत्कृष्ठ एक र वाणिज्य तर्फ उत्कृष्ठ एक प्रतिष्ठानलाई सो अवार्ड प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.