भृकुटी मण्डपस्थित सानो चौरमा जुत्ता चप्पल मेला सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा जुत्ता चप्पल मेला सुरु भएको छ । दसैंलाई लक्षित गरी स्वदेशी ११ वटा कम्पनीहरुको आयोजनामा मेला सुरु भएको हो । मेलामा जुत्ता चप्पल खरिद गर्दा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने आयोजकको भनाइ छ ।

दसैंका लागि आवश्यक पर्ने जुत्ता चप्पल खरिदमा आम उपभोक्ता तथा ग्राहकलाई सहज होस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक सबिन कार्कीले बताए । ‘दसैंमा सस्तो मूल्यमा आकर्षक र बलियो जुत्ता चप्पल ग्राहकले आफ्नो बजेट र रोजाई अनुसार खरिद गर्न सक्ने वातावरण हामीले बताएका छौं,’ उनले भने, ‘आम उपभोक्ताहरु यो मेलाबाट लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।‘

मेलाका अवसरमा ग्राहकले एउटै छानामुनि शिखर शू, रन शू, सिल्स शुज, बोस शुज, स्वदेश प्राइड, आइडल शुज, वान वर्ल्ड, भेनस शुज, एक्ट्रा शुज, शु ल्याण्ड, हिमानी कलेक्सन गरी ११ कम्पनीको सहभागिता छ । ११ कम्पनीका ३० भन्दा धेरै ब्रान्डहरुका करिब ८ हजार भन्दा बढी डिजाइनका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको कार्कीले जानकारी दिए ।

कम्पनीहरुले हालै उत्पादन गरेका नयाँ डिजाइनका जुत्ता चप्पल पनि मेलामा लन्च गरिएको बताइएको छ । लेडिज, जेन्स तथा बच्चाका जुत्ता चप्पलहरु सपिङ गर्नका लागि मेला उपयुक्ता गन्तव्य बन्ने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.