यो सरकारले दोहोरो अंकमा आर्थिक बृद्धिदर ल्याउन सक्दैन : महत

पोखरा । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कांग्रेस शीर्ष नेताहरुमाथि प्रायोजित रुपमा भ्रष्टाचारको दोष थोपर्ने काम भइरहेको दाबी गरेका छन् । प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार मुद्धालाई विषयान्तर गर्न प्रयोजित रुपमा कांग्रेस शीर्ष नेताहरुमाथि दोष थोपर्ने काम भइरहेको बताएका हुन् । उनले भ्रष्टाचार काण्डबारे अख्तियार र अदालतले छानविन गर्नुपर्ने र दोषीमाथि कार्वाही गर्नुपर्ने बताए ।

सह–महामन्त्री डा.महतले वर्तमान सरकारले दोहोरो अंकको आर्थिक बृद्धिदर गर्नै नसक्ने ठोकुवा गरे । ‘मुखले भनेरमात्रै आर्थिक बृद्धिदर हुँदैन,’ उनले भने, ‘आर्थिक वृद्धिदर हुनलाई त निजी क्षेत्र लगानीका लागि तयार हुनुप¥यो, विदेशी लगानी भित्रिनुप¥यो, तर त्यो त अहिले छैन, त्यसैले वर्तमान सरकारले दोहोरो अंकमा आर्थिक वृद्धिदर हुँदैन ।’

jutta mela

सह–महामन्त्री डा.महतले अहिल्यैदेखि पार्टीको महाधिवेशनको ढोल पिट्नु आवश्यक नरहेको बताए । कांग्रेसको जागरण अभियानमा महाधिवेशन लक्षित गरेर भइरहेको गतिविधीबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसैकसैलाई महाधिवेशन लाग्या होला, तर अहिल्यै यसबारे ढोल पिट्नु आवश्यक छैन ।’

सह–महामन्त्री डा.महतले जागरण अभियानले कांग्रेस कार्यकर्तालाई क्रियाशील बनाउन सघाएको भन्दै यो कांग्रेस पुरानै अवस्थामा फर्किने राम्रो शुरुवात भएको बताए । उनले जागरण अभियानले कांग्रेसलाई बलियो बनाउने दाबी गरे । नेकपाबाट जनताले धेरै नै अपेक्षा गरेको तथा उसले चुनावताका धेरै नै सपना बाँढेपनि पूरा गर्न नसकेको बताए । वर्तमान सरकारबाट जनता निराश छन्–उनले भने,‘त्यसैले नेपाली जनताको विकल्प कांग्रेस नै हो ।’

You might also like

Comments are closed.