ललितपुर । ललितपुरको पाटनमा ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो’ आजबाट हुँदैछ । ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा ‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी सो २०२४’ आयोजना गरिएको हो । असोज ११ देखि १३ गते (सेप्टेम्बर २७ देखि २९) सम्म हुने एक्स्पोबाट ऐतिहासिक पाटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनका साथै यहाँको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजकको अपेक्षा छ । एक्स्पोको उद्घाटन कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा हुनेछ ।
एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवद्र्धनात्मक लगायत गरी २५ वटा स्टल रहने ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । उनका अनुसार ती स्टलका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिका प्रर्वद्धन हुनेछ । स्थानीय कालिगढ, रत्न तथा आभूषण उद्यमी तथा व्यापारिक क्षेत्रसमेत एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
‘ऐतिहासिक पाटन क्षेत्रको प्रचार प्रसार तथा प्रवद्र्धनका साथै यहाँको समग्र विकासमा यो एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने हामीले विश्वास लिएका छौं,’ उनले भने ।
क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा एक्स्पोको मुख्य आकर्षण रहने गरी ¥याम्प वाल्क हुँदैछ । एक्स्पोको अन्तिम साँझमा ¥याम्प वाल्कमार्फत समापन कार्यक्रम हुनेछ । ¥याम्प वाल्क युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रहेकाले कार्यक्रममा थप आकर्षण थपिने आयोजकको विश्वास छ । सो अवसरमा परम्परागत आभूषणहरुको प्रदर्शनी गरिने छ । पोशाक पनि नेपाली मौलिकता तथा परम्परागत शैलीका हुनेछन् । विश्व पर्यटन दिवसको अवसरमा नेपाली मौलिक संगीत तथा नृत्य लगायत मनोरन्जनात्मक प्रस्तुतीहरु रहनेछ ।
पछिल्लो समय कोभिड महामारी र त्यसपछि आर्थिक क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । व्यवसायीहरु पनि पलायनको अवस्थामा छन् । यस्तो विषम परिस्थितिमा आयोजित एक्स्पोको माध्यमबाट आर्थिक गतिविधि बृद्धि हुने अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष सज्जु व्यञ्जनकारले विश्वास व्यक्त गरिन् ।
एक्स्पो सफल बनाउन पावर्ड बाइमा क्लासिक डाइमण्ड प्रालि, इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नं. १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको), हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे (अपरेटेड बाइक होटल हिमालय), बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसनको साथ रहेको उनले जानकारी दिइन् ।
त्यस्तै सपोर्टेड बाइमा गोदावरी नगरपालिका, ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन सेन्टर (टिइपिसी), रत्न तथा आभुषण व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकल महासंघ, ललितपुर महानगरपालिका वडा नं. ६, वडा नं. १२, पाटन टुरिजम डेभलपमेन्ट अर्गनाइजेसन, गोदावरी उद्योग वाणिज्य संघ, नेपाल रत्न तथा आभुषण संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, पाटन सँग्रहालय छन् । कुमारी बैंक लि., नबिल बैंक लि. महालक्ष्मी विकास बैंक लि., नेपाल कमर्सियल इन्टरप्राइजेज प्रालि, गोदरेज, पिएम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, इपास, रोट्याक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल र रोटरी क्लब अफ भरतपुरको पनि एक्स्पोलाई साथ रहेको बताइएको छ ।
विश्व पर्यटन दिवसको अवसरसमेत परेकाले यो एक्स्पोलाई पर्यटन प्रवद्र्धनको महत्वपूर्ण माध्यम बन्ने विश्वाससमेत गरिएको छ । पर्यटन प्रवद्र्धन लगायत आर्थिक क्षेत्र चलायमान बनाउन पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पोले योगदान गर्नेमा आफूहरु विश्वस्त रहेको महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्यले बताए । ‘वडा र ललितपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवद्र्धनका गतिविधिलाई सधैं प्राथमिकतामा राख्दै आइरहेको छ,’ उनले भने ।
Comments are closed.