‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो’को आज दोस्रो दिन पनि जारी

ललितपुर । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजद्वारा आयोजित ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ जारी छ । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा सुरु भएको एक्स्पोमा आज दोस्रो दिन अवलोकनकर्ताहरु आकर्षण रहने आयोजकको विश्वास छ । एक्स्पो भोलिसम्म चल्ने ललितपुर रत्न तथा आभूषण संघ कृष्णलाल महर्जनले जानकारी दिए ।

आर्थिक समृद्धि, कला र संस्कृतिको संरक्षण तथा गरगहनाहरुको संरक्षण र प्रवर्द्धनको लक्ष्यसहित एक्स्पो आयोजना गरिएको अध्यक्ष महर्जनले बताए । पाटन क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकमाझ थप परिचित गराउन पनि एक्स्पोको सकारत्मक योगदान रहनेछ,’ उनले भने ।

एक्स्पोमा २५ वटा स्टलमार्फत गरगहना लगायत बस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिएको रोटरी क्लब अफ पाटन हेरिटेज अध्यक्ष सञ्जु व्यञ्जनकारले जानकारी दिइन् । ‘पाटन क्षेत्रमा उत्पादन भएका गरगहनाको प्रवद्र्धन गर्नु, यहाँ उत्पादन हुने गरगरहना र गरगहना उत्पादन गर्ने व्यवसायीको आर्थिकस्तर बृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भनिन् ।

jutta mela

युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय र्याम्प वाल्क कार्यक्रम समापनको दिन आइतबार हुनेछ । एक्स्पोमा अवलोकनका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ ।

एक्स्पो सफल बनाउन पावर्ड बाइमा क्लासिक डाइमण्ड प्रालि, इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नं. १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको), हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे (अपरेटेड बाइक होटल हिमालय), बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसनको साथ रहेको छ ।

सपोर्टेड बाइमा गोदावरी नगरपालिका, ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन सेन्टर (टिइपिसी), रत्न तथा आभुषण व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकल महासंघ, ललितपुर महानगरपालिका वडा नं. ६, वडा नं. १२, पाटन टुरिजम डेभलपमेन्ट अर्गनाइजेसन, गोदावरी उद्योग वाणिज्य संघ, नेपाल रत्न तथा आभुषण संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, पाटन सँग्रहालय छन् । कुमारी बैंक लि., नबिल बैंक लि. महालक्ष्मी विकास बैंक लि., नेपाल कमर्सियल इन्टरप्राइजेज प्रालि, गोदरेज, पिएम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, इपास, रोट्याक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल र रोटरी क्लब अफ भरतपुरको पनि एक्स्पोलाई साथ रहेको छ ।

You might also like

Comments are closed.