‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नारासहित एक्स्पो आयोजना

सज्जु व्यञ्जनकार, अध्यक्ष, रोटरी क्लब अफ पाटन हेरिटेज

पाटनमा पहिलो पटक ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी सो’ हुनु समग्रमा पाटनबासीका लागि खुशीको कुरा हो । यसबाट पाटन क्षेत्रमा उत्पादन भएका गरगहनाको प्रवद्र्धन गर्दै यहाँ उत्पादन हुने गरगरहना र गरगहना उत्पादन गर्ने व्यवसायीको आर्थिकस्तर बृद्धि गर्न यो कार्यक्रम आयोजना गरेका हौं । हाम्रो नारामा नै उल्लेख छ, ‘समृद्धिका लागि सम्पदा संरक्षण’ । पाटन दरबार स्क्वायर क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा एक्स्पोले सकारात्मक योगदान गर्नेछ । यहाँ अवलोकन गर्न आउने दर्शकले यस कार्यक्रमबाट केही नयाँ कुरा सिकेर जानुहुनेछ भन्ने अपेक्षा लिएका छौँ ।

jutta mela

रोटरी क्लब अफ पाटन हेरिटेज २०७९ मा स्थापित मुनाफा रहित सामाजिक संस्था हो । संस्थाले आफ्नो विधानमा उल्लेखित विभिन्न उद्देश्य अनुसार कार्यक्रमहरु गर्दै आएको छ । विभिन्न उद्देश्यहरु मध्ये संस्थाको नाम अनुसार केही झुकाव भने सामुदायिक विकास क्षेत्र सशक्तीकरणका लागि विभिन्न तालिम, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, अन्तकृया अवलोकन, भ्रमण जस्ता कार्यक्रम आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पदाहरुको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने तथा गराउने उद्देश्य छ । यसै उद्देश्यका साथ यस क्लबले स्थापना वर्षमा नै पाटन क्षेत्रको सम्पदाहरुको भ्रमण अवलोकन हेरिटेकज वाल्क नामक कार्यक्रम संचालन गरेको थियो भने यस लगत्तै दोश्रो वर्ष सोहि क्षेत्रको प्रवद्र्धनको लागि नेपालका लागि विभिन्न देशहरुका महामहिम तथा दुतावासका प्रतिष्ठित कर्मचारहिरुलाई आमन्त्रित गरी पुनः हेरिटेज वाल्क कार्यक्रम सफलता पूर्वक संचालन गरिसकेको छ । यस लगायत विभिन्न सामाजिक कृयाकलाप मार्फत प्राप्त रकम पाटन सम्पदा क्षेत्रमा रहेको पुरानो, अत्यन्त महत्वपूर्ण भाइदेगः मन्दिर पुनः निर्माणका लागि सहयोग वापत रकम हस्तान्तरण गरिसकेको छ । यस पटक ललितपुर रत्न तथा आभुषण संघसँग मिलेर एक्स्पो आयोजना हुँदैछ । एक्स्पोमा सहभागी भइ अवलोकन गरी सल्लाह सुझाव दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।

You might also like

Comments are closed.