कांग्रेस केन्द्रीय समितिको शिक्षा विभागमा शैक्षिक उद्यमी राजन श्रेष्ठ मनोनीत

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको शिक्षा विभागमा शैक्षिक उद्यमी राजन श्रेष्ठ मनोनीत भएका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा २५ (९) बमोजिम श्रेष्ठलाई केन्द्रीय विभाग सदस्यमा काँग्रेसले मनोनित गरेको हो ।

मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल श्रेष्ठसँग शिक्षा क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

jutta mela

लायन्स इन्टरनेशनल लगायत संस्थामा आबद्ध रहेर श्रेष्ठ सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको शिक्षा विभागमा नियुक्त हुनु आफ्ना लागि ठूलो सम्मान र जिम्मेवारीको विषय रहेको श्रेष्ठले बताएका छन् । ‘यो नियुक्तीलाई म अत्यन्त सम्मानका साथ ग्रहण गर्छु,’ उनले भनेका छन्, ‘यस अवसरले मेरो राजनीतिक जीवनमा महत्वपूर्ण माइलस्टोन ल्याएको छ, र म हाम्रो पार्टीको दृष्टिकोण र देशको शैक्षिक विकासमा सकारात्मक योगदान गर्न प्रतिबद्ध छु। तपाईंसँग मिलेर हामी सबैले दीर्घकालीन प्रभाव पार्नको लागि साथ दिनेछौं भन्ने विश्वास छ।’

You might also like

Comments are closed.