साना र मझौला व्यवसायको सशक्तीकरण अभियानमा टिकटक, कार्याशाला सम्पन्न

काठमाडौं । नेपालमा साना र मझौला व्यवसायलाई सशक्तीकरण गर्ने उद्देश्यले टिकटकले काठमाडौंमा कार्यशाला सम्पन्न गरेको छ । ‘ग्रो विथ टिकट मास्टरक्लास’ नामक कार्यशालामा आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर छलफल भएको थियो । व्यवसायी, मार्केटर र उद्यमीहरू कार्यक्रममा सहभागी थिए ।

कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाहरूको लाभ कसरी उठाउने भन्ने बारे प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यशालामा विशेषज्ञहरूको नेतृत्वमा टिकटक मार्फत् गर्न सकिने प्रबर्द्धनका विविध पक्षहरूलाई समेट्ने शत्रहरूको श्रृंखला प्रस्तुत गरेको थियो। सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको परिचय गराइएको थियो। उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले कायम र सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने कुरा पनि बुझ्न पाएका थिए। त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो। कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तरक्रियात्मक दुवै खाले सत्रहरूको डिजाइन गरिएको थियो।

टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो सहित विश्वभरि नै कार्यालयहरू छन्।

You might also like

Comments are closed.