‘नयाँ शैली अपनाएर शैक्षिक मेला गर्दैछौं’

बालचन्द्र परियार
इभेन्ट म्यानेजर, फिन्याफी इभेन्ट म्यानेजमेन्ट ग्रुप

गीतसंगीत, मनोरञ्जनको साथमा परामर्श सेसनसहित पोखरामा ‘द ग्राण्ड कन्सर्ट एण्ड एजुकेसनल फेयर’ हुँदैछ । फिन्याफी इभेन्ट म्यानेजमेन्ट ग्रुपको आयोजनामा असार ७ गते शनिबार पोखरा सभागृहमा फेयर हुनेछ । कार्यक्रमको उद्देश्य, विशेषता लगायत विषयमा केन्द्रित रहेर इभेन्ट म्यानेजर बालचन्द्र परियारसँग आर्थिक आवाजले गरेको कुराकानीः

ग्राण्ड कन्सर्ट एण्ड एजुकेशनल फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
फिन्याफी इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा यही असार ७ गते पोखराको सभागृह हलमा द ग्राण्ड कन्सर्ट एण्ड एजुकेशनल फेयर गर्दैछौं । पोखरामा धेरै मेला तथा महोत्सवहरु भएका छन् । शैक्षिक मेलाहरु पनि भएका छन् । परम्परागत शैलीमा सञ्चालित शैक्षिक मेलामा अभिभाबक, विद्यार्थी र प्रायोजकप्रति जागेको वितृष्णा अन्त्य गर्नका लागि यो फेयर आयोजना गरेका हौं ।

फेयरका विशेषताहरु के–के छन् ?
म्युजिक, इन्टरटेनमेन्ट र इन्फरमेसनलाई सँगसँगै लैजानु नै फेयरको मुख्य विशेषता हो । इन्फरमेशन दिनु मुख्य उद्देश्य भएपनि म्युजिक र इन्टरटेनमेन्टले नयाँ भाव फैलाउने हामीले महसुस गरेका छौं ।

लक्षित विद्यार्थीहरु को–को हुन् ?
प्लसटु अध्ययन गरिसकेर उच्च शिक्षाका लागि आकांक्षी विद्यार्थीहरु नै हाम्रा लक्षित विद्यार्थी हुन् ।

फेयरमा कुन–कुन कन्सल्टेन्सी सहभागी हुँदैछन् ?
ओम्स अबरोड कन्सल्ट, पाइथागोरस एजुकेसन कन्सल्टेन्सी, क्वान्टम लिप प्रा.लि., सिआइटी (चाल्र्स इन्स्टिच्युट अफ टेक्नोलोजी अष्ट्रेलिया) नेक्स्ट एजुकेसन फाउण्डेसन, साकुरा जापानीज ल्याङवेज इन्स्टिच्युट, इम्प्याक्ट एजुकेसन सर्भिस, स्कोप स्टुडेन्ट सर्भिस काठमाडौं, ट्रिनिटी एजुकेसन फाउण्डेसन, प्राइम एजुकेसन सन्ेटर काठमाडौं, नवदित इन्स्टिच्युट अफ मल्टिपल स्टडिज सहभागी हुँदैछन् । अन्य कन्सल्टेन्सीहरु पनि सहभागी हुने क्रम जारी छ ।

मिस एसइएई पनि सँगै गर्नुको कारण के हो ?
यो एजुकेसनल फेयर हो । मिस एसइईका प्रतिस्पर्धीहरु शैक्षिक संस्थाकै प्रतिस्पर्धी भएकाले यसका सहभागी विद्यार्थीहरु पनि इन्फरमेसन लिइ लाभान्वित हुनेछन् । हाम्रा लक्षित विद्यार्थीहरु नै सहभागी भएकाले सँगै सहकार्य गरेका हौं ।

फेयरसँगै कन्सर्ट पनि किन?
अहिलेका विद्यार्थीहरुले नयाँ नयाँ शैली मन पराउँछन् । एकोहोरो इन्फरमेशन लिँदा बोरिङ हुने भएकाले म्युजिक र इन्फरमेशन सँगै राखेका हौं । मुख्य आकर्षणमा लोकप्रिय गायक स्वर सुन्दरमणि कर्णदास रहनेछन् । अन्य कलाकारहरुको प्रस्तुति पनि रहनेछ । अहिलेका युवा वर्गलाई लक्षित गरी क्रिस्टल क्लज डान्स क्रियुको पनि प्रस्तुति पनि रहनेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?
असार ७ गते पोखरा सभागृहमा हुने फेयरमा सहभागी भइ मनोरञ्जनसँगै उच्च शिक्षा अध्ययनका लागि परामर्श लिन सम्पूर्ण विद्यार्थी तथा अभिभाबकहरुलाई आग्रह गर्दछु ।

You might also like

Comments are closed.