एंकर वाई प्यानासोनिकद्वारा नेपाली बजारमा ‘जिभा स्वीच सकेट’को बजार विस्तार

काठमाडौं । विद्युतीय निर्माण सामग्री क्षेत्रको अग्रणी एङ्कर वाई पानासोनिकले नेपालमा बजार विस्तार गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जिभा स्वीच सकेटका उत्पादनलाई नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

कार्यक्रममा नेपालका १५० प्रमुख बिक्रेताका प्रतिनिधि र उद्योगका सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा एंकर बाई पानासोनिक भारतबाट प्रमुख अतिथि योशियुकी काटो, विशाल नाङ्गलिया, सुनसुके मिजो लगायतको उपस्थिति थियो । उनीहरुले जिभा उत्पादनका स्वीच सकेटहरुको बारेमा जानकारी गराएका थिए । वस्तुको गुणस्तर, नवीनतम प्रविधिबारे जानकारी दिदै उनीहरुले खुद्रा बिक्रेता र उपभोक्ताहरूको हितमा काम गर्ने जनाए । प्रतिष्ठित ब्राण्डलाई नेपालमा चिनाउन पाउँदा गौरव महसुस भएको उनीहरुको भनाइ छ ।

जिभा उत्पादन एंकर बाई पानासोनिकले प्रतिस्पर्धी बजारमा राम्रो उपस्थिति जनाउने उनीहरुकोे विश्वास छ । अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएको ब्राण्डले स्थायित्व, कार्यक्षमता र शैलीलाई प्रतिनिधित्व गर्ने कम्पनीको दावी छ।

विद्युतीय क्षेत्रमा अग्रणी ब्रान्डको रूपमा आफ्नो स्थानलाई सुदृढ गर्दै पावर व्यवसायमा नयाँ आयामहरु थप गर्ने कम्पनीले जनाएको छ । कम्पनीले डिलर र रिटेलर सञ्जाललाई नेपालभर विस्तार गरेको जनाएको छ । दीगो विकासको लागि व्यवसायलाई बलियो बनाउँदै यो ब्राण्डले प्रतिस्पर्धी मूल्यहरूमा उच्च गुणस्तरको उपकरणहरू प्रस्तुत गर्ने बताइएको छ ।

कार्यक्रममा बोल्दै योशियुकी काटोले जिभा उत्पादनले विद्युतीय निर्माण सामग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको बताए । विशाल नाङ्गलियाले एंकर बाइ प्यानासोनिकले नेपाली उपभोक्ताहरूको विश्वास जित्नेमा ढुक्क रहेको बताए । शुन्सुके मिजोले एंकर बाइ प्यानासोनिकमा गुणस्तर, डिजाइन र प्रविधिको संयोजन रहेको बताए ।

You might also like

Comments are closed.