सातदोबाटोमा खुल्यो इभी मार्ट

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ ।

श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।

अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०–८० ब्राण्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका छौं, श्रेष्ठले भने ।

यहाँ विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्नेछन् ।

शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गर्नुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए ।

ललितपुरमा ईभी स्कुटरहरुको ग्राहकहरु निकै धेरै छन्, यहाँ हामी विभिन्न ब्राण्डका र ग्राहकहरुको माग अनुसारको जुनसुकै मोडलका सवारीसाधनहरु विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक गोपाल तिमल्सिनाले बताए ।

शोरुम खुलेको अवसरमा हामीले १ हप्ताको लागि (S-WAY PRO) मोडलमा रु. १५,००० बराबरको स्मार्ट फोन उपहारको व्यवस्था समेत गरिएको डाइरेक्टर श्रेष्ठले बताए ।

You might also like

Comments are closed.