पारिवारिक विवादमा फसेको ज्योती समूह औपचारिक रुपमा विभाजन

काठमाडौं । लामो समयदेखि पारिवारिक विवादमा फसेको ज्योती समूह औपचारिक रुपमा विभाजन भएको छ । एक सय वर्ष भन्दा बढीको लिगेसी बोकेको यो समूहमा दाइ पद्म ज्योती र भाइ रुप ज्योतीबीच सम्पत्ती लगायतको विवाद थियो ।

अन्तत यो समूह औपचारिक रुपमा अलग भएको छ । पद्म ज्योती परिवारले आफ्नो समूहलाई ‘पद्म ज्योती ग्रुप’मा रुपान्तरण गरेको छ । आइतबार एक कार्यक्रमबीच आफ्नो समूहको लोगो सार्वजनिक गर्दै पद्म ज्योतीले नयाँ समूह घोषणा गरेका हुन् ।

‘ज्योती समूहलाई पद्म ज्योति समूहमा रूपान्तरण गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको घोषणा गर्न पाउँदा हामी खुसी छौं। धेरै बाधा र चुनौतीहरू पार गरे तापनि, यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै, निरन्तर अघि बढिरहयो,’ ग्रुपका अध्यक्ष पद्म ज्योतीले भने ।

पद्मा ज्योती ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको उनले बताए ।

You might also like

Comments are closed.