काठमाडौं, १ पुस । वेद इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीले आफ्नो १४औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सन् २०१० देखि परामर्श सेवा प्रदान गर्दै आइरहेको वेद इन्टरनेशनलले आफ्नो वार्षिकोत्सवलाई थप विशेष बनाउने उद्देश्यले ‘वेद फोर इभर’ (Ved 4 Ever) नामक क्याम्पेन सञ्चालन गर्न लागेको हो । कन्सल्टेन्सीले वार्षिकोत्सवको १५ दिनअघिदेखि नै विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ । २६ डिसेम्बरमा वेदले वार्षिकोत्सव मनाउँदैछ ।
कार्यक्रम अन्तर्गत ‘फोर कन्ट्रिज रिप्रिजेन्टेटिभ मिट–अप’ हुनेछ । बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियाका प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूलाई भेट्ने अवसर विद्यार्थीले पाउनेछन् । जुन कार्यक्रममा विद्यार्थीहरूले आफ्नो रोजाईको देशको शैक्षिक अवसर र प्रक्रियाबारे प्रत्यक्ष जानकारी पाउनेछन् ।
त्यस्तै ‘फोर फेमिली फेस्ट’ कार्यक्रम अन्तर्गत भिसा पाइसकेका विद्यार्थीको अभिभावकहरूका लागि चिया–पान कार्यक्रम राखिने बताइएको छ । कार्यक्रममा अभिभावकहरूलाई माया र सम्मानस्वरूप विशेष चिनो प्रदान गरिनेछ । ‘फोर फ्री मक टेस्ट’ अन्तर्गत हाल आयल्स तयारी कक्षामा रहेका विद्यार्थीहरूको लागि ४ वटा निःशुल्क मक टेस्टको अफर सार्वजनिक गरिएको छ ।
त्यसैगरी ‘फोर फन एक्टिभिटिज फोर रिवार्ड’ अन्तर्गत कार्यक्रमलाई थप आकर्षक बनाउन चारवटा रमाइला खेलहरू आयोजना गरिनेछन् । विजेताहरूलाई विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ । बञ्जी जम्पको टिकट, चितवन/सौराहा जाने हवाई टिकट, जिपलाइनको टिकट, परिवारका लागि चलचित्र हेर्ने टिकट लगायत उपहार प्रदान हुनेछ ।
वार्षिकोत्सवको अवसरमा आयल्स तयारी गर्न चाहने नयाँ विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षाहरू पनि उपलब्ध गराइने जनाइएको छ । यो महिनाभर आयल्स कक्षा निःशुल्क हुने सञ्चालक आशिक कार्कीले जानकारी दिए ।
वेद इन्टरनेसनलले १४ वर्षको अवधिमा हजारौं नेपाली विद्यार्थीलाई युके, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशहरूमा उच्च शिक्षाका लागि पठाएको छ। गुणस्तरीय परामर्श सेवा र नतिजामुखी तयारी कक्षाका कारण यो संस्था विद्यार्थीहरूका लागि भरपर्दो गन्तव्य बन्न सफल भएको छ। कार्यक्रम र सेवाबारे थप जानकारीका लागि वेद इन्टरनेसनल एजुकेशनल कन्सल्टेन्सीसँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ ।
Comments are closed.