नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा

काठमाडौं । ब्रिटिश काउन्सिलले “आईएलटीएस उपहार सिजन २.०“ का विजेताहरूलाई एक विशेष कार्यक्रमबीच हालै सम्मानित गरेको छ । २०२३ मा सम्पन्न भएको “आईएलटीएस उपहार“ को सकारात्मक प्रतिक्रियाबाट प्रेरित भई, यस वर्षको संस्करणमा आकर्षक पुरस्कारहरू प्रदान गरिएको थियो।

योग्यता र छनोट प्रक्रिया

सेप्टेम्बर २६ देखि नोभेम्बर ३० सम्म कुनै पनि आईएलटीएस परीक्षा दिने, र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षणका लागि दर्ता भई भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीहरू यस प्रस्तावका लागि योग्य थिए। विजेताहरूलाई ब्रिटिश काउन्सिलको आधिकारिक फेसबुक च्यानल मार्फत लक्की ड्र प्रक्रियाबाट चयन गरिएको थियो।

पुरस्कार विजेताहरू

यो संस्करणमा दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेता घोषणा गरियो।

एप्पल म्याकबुक एर विजेताहरूः

मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा

टर्किस एयरलाइन्सद्वारा प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट विजेताहरूः

कनिस्का पौडेल र प्रणय शाक्य

ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट विजेताः

अनमोल खड्का र साझेदारहरूको सम्मान

कार्यक्रममा उत्कृष्ट योगदान गर्ने तीन शीर्ष आईएलटीएस साझेदारहरूलाई पनि आईप्याड प्रदान गरियो।

अर्बिट मेडिकल एन्ट्रेन्स प्रा. लिमिटेड (ओएमई), नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र केआइसि लर्निङ सेन्टर प्रा.लि.

नेतृत्वका विचारहरू

ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, “आईएलटीएस केवल परीक्षा मात्र होइन, यो उच्च शिक्षा, व्यावसायिक तालिम, र क्यारियरका अवसरहरूको लागि ढोका हो। नेपालका युवाहरूलाई विश्वव्यापी शिक्षा र भविष्य निर्माणका लागि सशक्त बनाउन पाउँदा हामीलाई गर्व छ।“

परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनिन्, “हामी नेपालभर परीक्षार्थीहरूको लागि थप पहुँचयोग्य र सुविधाजनक परीक्षा अनुभव प्रदान गर्न कटिबद्ध छौं। चितवन र बुटवलमा कम्प्युटर परीक्षण केन्द्र विस्तार गर्नु यस दिशामा एउटा ठूला कदम हो।“

आईएलटीएस र ब्रिटिश काउन्सिलको परिचय

आईएलटीएस विश्वव्यापी शिक्षा र माइग्रेसनका लागि सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा परीक्षण हो, जसलाई १२,००० भन्दा बढी संस्थाहरूले विश्वास गर्छन्। ब्रिटिश काउन्सिलले यसलाई सशक्त रूपमा प्रवर्द्धन गर्दै आएको छ।

ब्रिटिश काउन्सिल एक अन्तर्राष्ट्रिय संस्था हो, जसले कला, संस्कृति, र अंग्रेजी भाषामार्फत शान्ति र समृद्धिमा योगदान पु¥याउँदै बेलायत र अन्य देशहरूबीच सम्बन्ध निर्माण गर्दछ।

You might also like

Comments are closed.