७ सिटर प्रिमियम एमपीभी बिवाईडी एम६ को ग्राण्ड लन्चिङ,१०० वटा डेलिभरी

पोखरा । नेपालमा बीवाईडी एम६ को ग्राण्ड लन्चिङ गरिएको छ । मंगलबार पोखरामा बलुन फस्टिभलको अबसरमा बिवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बहुप्रतीक्षित ७ सिटर एम६ सार्वजनिक गरेको हो ।

नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको नेपाली बजारमा लोकप्रिय बनेको छ । विशेषगरी पर्यटन व्यवसायीको रोजाईमा यो गाडी परेको छ । यो गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त देखिएको छ
पोखरामा आयोजित बलुन फेस्टिबलको मुख्य प्रायोजक समेत बिवाईडी हो ।

पर्यटकीय नगरी पोखराबाट बिवाईडी एम६ सार्वजनिक गर्न पाउँदा खुसी लागेको साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले एम६ को डिजाइन गरिएको बताए ।


बिवाईडी एम६ को प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । केही समय अगाडिबाट यो गाडीको बुकिङ सार्वजनिक गरिएको थियोे । बुकिङ उत्साहजनक देखिएको कम्पनीले जनाएको छ । देशभरका डिलरबाट बुकिङ भएका गाडी पोखराबाट ग्राहकलाई हस्तान्तरण गरिएको हो ।

नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सकिएकाले पनि नेपाली बजारमा थप लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

बिवाईडी एम६ मा मुख्य विशेषताहरू :

– अतुलनीय कम्फर्ट र स्पेसः यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ ।

– पावरफुल परफर्मेन्सः यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीस)  सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ ।

– फास्ट चार्जिङः बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसकारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ ।

– एड्भान्स्ड सेफ्टीः एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ ।

– टेक–फरवार्ड डिजाइनः यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ ।

lcci
You might also like

Comments are closed.