खेस्रा बजेट खारेज गर्न नयाँ शक्तिको माग

सन्देश श्रेष्ठ
पोखरा । साविक नयाँ शक्ति पार्टीले खेस्रा बजेट खारेज गर्न माग गरेको छ । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले संसद भवन परिसरमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश सभामा प्रस्तुत गरिएको बजेट बाहेक कांग्रेसको दवाबमा घुसाइएका खेस्रा बजेट खारेज गर्न माग गरेको हुन् ।

यो खेस्रा बजेट खारेज गर्न नयाँ शक्ति माग गर्दछ,‘उनले भने,‘त्यसपछि तत्काल बजेटको पुनः समीक्षा गरेर नयाँ बजेट ल्याउन हामी माग गर्दछौं ।’ प्रमुख प्रतिपक्षी दलले आन्दोलन गर्ने वित्तिकै खेस्रा बजेट घुसाएको छ, ‘उनले भने, ‘यसले यो सरकार बुख्याँचामा अडिएको सरकारको अनुभूति गराएको छ ।’ उनले खेस्रा बजेट नसच्याए नयाँ शक्तिले विनियोजन विधेयक माथिको छलफलमा भाग नलिने घोषणा गरे । खेस्रा बजेट नसच्चिएसम्म हामी विनियोजन विधेयक माथिको छलफलमा भाग लिदैनौं,’ उनले भने, ‘तर बैठकमा भने सहभागि हुन्छौं ।’

jutta mela

नयाँ शक्तिले गण्डकी प्रदेश सरकार छायाँ सरकारको छायाँमा परेको आरोपपनि लगाएको छ । बुधबारको संसद बैठकमासमेत विशेष समय लिएर बोलेका उनले पत्रकार सम्मेलनमा पनि संसदमा प्रस्तुत भइसकेको बजेटमा छायाँ सरकारको अभ्यास गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भनेका योजना जस्ताकोतस्तै थपेर सरकार छायाँ सरकारको लाचार छायाँमा परेको बताए ।

‘सरकार छायाँमा परेको छ,’ उनले भने, ‘प्रदेश सरकार छायाँले लखेटेको लाचार भयो, छायाँ सरकारबाट त यत्तिको डराएर लाचार बन्ने यो सरकार साँच्चिकै वैकल्पिक सरकार आयो भने कस्तो अवस्थामा पुग्ला ? ।’ शुरुमा दुई तिहाईको दम्भमा हाकिमी शैलीबाट बजेट ल्याएको नेकपाको सरकारले छायाँ सरकार आन्दोलित हुने वित्तिकै डराएर अवैधानिक तरिकाबाट योजना घुसाएको उनको आरोप थियो ।

गण्डकी प्रदेश सभामा नयाँ शक्तिका २ जना सांसद रहेका छन् । हरिशरण आचार्य गोर्खाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने समानुपातिकबाट गोर्खाकै धनमाया लामा पोखरेल छिन् ।

You might also like

Comments are closed.