‘वाडाको प्रमुख उद्देश्य अटोमोबाइल व्यवसायीहरूको व्यावसायिक हितलाई प्रवर्द्धन गर्नु हो’

दीपेन्द्र कोइराला, अध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)

मलाई पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरूप्रति म मनैदेखि आभार व्यक्त गर्दछु । यो जिम्मेवारीलाई मैले महत्वपूर्ण अवसरका रुपमा लिएको छु । तपाईंहरूले मप्रति देखाउनुभएको विश्वासलाई टुट्न नदिने वाचा पनि गर्दछु ।

संस्थाको १९औं साधारणसभा तथा १०औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाका निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्युहरुप्रति पनि हार्दिक बधाई ज्ञापन गर्दछु । यहाँहरुको साथमा रही संस्थालाई नेतृत्व गर्नेछु र यहाँहरुको साथले नै कार्यकाल सफल हुने विश्वास लिएको छु ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनमा साधारण सदस्य, कार्यसमिति सदस्य, महासचिव र उपाध्यक्ष रहेर काम गर्दा मैले धेरै अनुभव बटुलेको छु । ती अनुभवहरुले पनि मलाई अध्यक्ष भएर काम गर्न सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु । संस्थाको गरिमा उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

संस्थाको प्रमुख उद्देश्य अटोमोबाइल व्यवसायीहरूको व्यावसायिक हितलाई प्रवर्द्धन गर्नु हो । हामी यही अभियानमा लाग्नेछौं । तपाईं सबैको साथ, सल्लाह, सहयोग र स्वस्थ आलोचनाको अपेक्षा मैले राखेको छु ।

(वाडाको १९औं साधारणसभा तथा १०औं अधिवेशनको अवसरमा नवनिर्वाचत कोइरालाद्वारा प्रस्तुत मन्तव्यको सम्पादित अंश )

lcci
You might also like

Comments are closed.