बराल ग्रुपले पोखरामा ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ गर्दै

पोखरा । पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको बराल ग्रुपले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्ने भएको छ । सो बृहत अटोमोबाइल प्रदर्शनी ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुनेछ ।

बराल ग्रुप अन्तर्गतको ‘एलिट मोटर्स प्रालि’ ले पोखरामा निसान, ओमोडा एन्ड जेइको र जिकर तथा ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यी सबै ब्रान्डको नेपालका लागि आधिकारिक वितरक शारडा ग्रुप र गोल्छा ग्रुप अन्तर्गतका विभिन्न कम्पनी छन् ।

तीन दिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् । यसका साथै आकर्षक छुट तथा डिस्काउन्टको अवसर समेत प्राप्त गर्नेछन् । एलिट मोटर्स र एसएसएल मोटर्स बराल ग्रुप अन्तर्गतका कम्पनी हुन् ।

नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा सो कार्निभल आयोजना हुनेछ । शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू प्रदर्शन गर्नेछ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रोन ई–सी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्नेछ ।

सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्स्चेन्ज गर्दा आकर्षक एक्स्चेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सहित ठाउँको ठाउँ वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ । साथै सो कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडलहरूको उत्साहजनक टेस्ट ड्राइभका साथै बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्स्चेन्ज अफरहरूको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

विभिन्न आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट ड्राइभबाहेक कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ । सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् । हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिजको सुविधा र कम्प्लिमेन्टरी ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश छ । साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।

पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभलको अवसरमा कम्पनीले नयाँ गाडी खरिद गर्न चाहने, गाडी तथा ईभी पारखीहरूलाई कार्निभलमा भव्य सहभागिताको लागि हार्दिक आमन्त्रण गरेको छ ।

lcci
You might also like

Comments are closed.