यस्तो छ महेन्द्र गुफा र चमेरे गुफाको गुरुयोजना

पोखरा । नेपाल कंै प्रसिद्ध महेन्द्रगुफा तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्देश्यले निर्माण भएको गुरु योजना सार्वजनिक गरिएको छ । स्थानीय विन्ध्यवासिनी मा.वि. को स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित रुपमा विकास गराउने उद्देश्यले गुरुयोजना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी गराए ।

शुक्रबार गुरुयोजना सार्वजनीकरण तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न योजना समेटिएको गुरुयोजना सार्वजनिक गर्नुका साथै गुरुयोजना कार्यान्वयन स्वरुप प्रारम्भिक रुपमा ५० लाख रुपैयाँ विभिन्न योजनामा खर्च गर्ने घोषणा समेत गरेको छ । गुरुयोजनामा पर्यटक आकर्षण बढाउन भौतिक निर्माणदेखि आन्तरिक तथा बाह्य व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । गुरुयोजनामा उल्लेख भएका कार्य सम्पन्न गर्न करिब २२ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको र गुरुयोजना अनुसार नै कार्य थालनी गरिने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले बताए । गुफाको आम्दानीबाट गर्न सकिने कार्य तत्काल शुरु गरिने र ठूला योजनाका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग पहल गरिने आचार्यले जानकारी दिए ।

यस अघि गुरुयोजना सार्वजनिक गर्दै गण्डकी प्रदेशका सांसद कृष्ण थापाले गुफाहरु पोखराका गौरब भएकाले यसको व्यवस्थित विकास गर्न आवश्यक रहेको बताउँदै विकासका नाममा विभेद गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । अर्का सांसाद विन्दुकुमार थापाले महेन्द्र गुफाका लागि पोखरा आउनु पर्ने खालको वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले आफूले पेश गरेको योजनामा प्रदेश सरकारले चाँसो नदिएकोमा चिन्ता व्यक्त गरेका थिए । अर्का सांसद पुष्पा के.सी. भण्डारीले पर्यटकको संख्या बढाउनका लागि भएपनि गुफा क्षेत्रको व्यवस्थित विकास हुनु पर्नेमा जोड दिए ।

jutta mela

पोखरा महानगर पालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले महेन्द्र र चमेरे गुफाले यस क्षेत्रको शैक्षिक र भौतिक विकासमा ठूलो योगदान दिएकाले पनि यसको व्यवस्थित विकासमा स्थानीय सरकारले चाँसो दिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा गुरु योजना निर्माण उप–समितिका संयोजक ई. झपटबहादुर थापा, परामर्शदाता माछापुच्छ«े कन्सल्टेन्सीका प्रबन्धक बाबुराम बराल, अग्रज पत्रकार नारायण कार्की, कृष्णप्रसाद बास्तोला, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ बञ्जरा लगायतले गुफा क्षेत्रको पूर्वाधार विकास तथा व्यवस्थापनका लागि गुरुयोजना महत्वपूर्ण हुने बताएका थिए ।

कार्यक्रममा सहभागिहरुले गुरुयोजनामा समेटिएका कार्यहरुलाई प्राथमिकता दिएर कार्यान्वयन गर्न सुझाब दिएका थिए । सोही अवसरमा गुरुयोजनाको परार्मशदाता माछापुच्छ«े कन्सल्टेन्सीका प्रबन्धक बाबुराम बराललाई गुरुयोजना निर्माण सहयोग पु¥याएकोमा कदर–पत्रद्वारा सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.