काठमाडौं । सशस्त्र प्रहरी बलले २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा पोखराका युवा उद्दमी तथा व्यवसायी राजेश ढुङ्गानालाई ‘आइजी एपिएफ प्रशंसा’बाट सम्मान गरेको छ ।
ढुङ्गानाले सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी सेवा केन्द्रले संचालन गर्ने विभिन्न कल्याणकारी कार्यहरुमा परामर्श तथा दीर्घकालीन योजना निर्माण कार्यमा सहयोग गरेका थिए । सो कार्यको मूल्यांकन गरी उनलाई सम्मान गरिएको हो ।
साथै ढुङ्गानाले गण्डकी प्रदेशमा विपद् व्यवस्थापनका क्षेत्रमा समेत अनुकरणीय योगदान पुर्याउएको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले विभिन्न विधामा संगठनलाई सहयोग गर्ने व्यक्तिहरुलाई सो अवसरमा सम्मान गरेको थियो ।
सशस्त्र प्रहरी बल नेपालबाट पहिलोपटक सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी निरीक्षकलाई एपीएफ सम्मानबाट सम्मानित गरेको थियो ।
Comments are closed.