पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ‘३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१’ हुँदैछ । साथमा १२औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोबाइल एक्स्पो २०२५ पनि हुनेछ । माघ १० गते सुरु हुने मेला १७ गतेसम्म नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा चल्नेछ ।
मेलामा गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासलाई पनि समावेश गरिने पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की बताउँछन् । ‘औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने गरी मेला आयोजना गरेका छौं,’ उनले भने । गण्डकी प्रदेश सरकारसँगको समन्वयमा आयोजना हुने भएकाले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत् ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’को लक्ष्य प्राप्तिमा मेला समर्पित रहने उनको भनाइ छ ।
‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ नारासहित हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अबलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरिने अध्यक्ष कार्कीले जानकारी दिए । ‘सातवटै प्रदेशको पहिचान बोकेका औद्योगिक उत्पादन, त्यहाँको संस्कृति एवं मौलिक रैथाने परिकारलाई समेत मेलामा समावेस गरिनेछ,’ उनले भने ।
क्यान कास्कीसँगको सहकार्यमा मेलामा क्यान इन्फोटेक पनि समावेश गरिएको छ । प्रदर्शनीकेन्द्रस्थित डोममा आइटीका स्टलहरु राखिनेछन् । सूचना प्रविधि क्षेत्रमा पछिल्लो पटक आएका नयाँ आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावनासहित सफ्टवेयर निर्माण एवं यसको बजारलगायतका विषयको प्रदर्शनी रहने छन् । आइटीसँग सम्बन्धी खेल र प्रतियोगिता पनि महोत्सवको आकर्षण रहेको महासचिव शोभा गौतमले जानकारी दिइन् । ‘विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स (एआई), (उन्नत सीसी टिभी सर्भिलेन्स पनि मेलामार्फत् प्रस्तुत गरिनेछ,’ उनले भनिन् ।
त्यस्तै मोबाइल बितरक संघ गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोबाइल एक्स्पोअन्तर्गत मोवाइलहरुको बिक्री एवं प्रदर्शनी हुनेछ । मोबाइलमा ५० प्रतिशतसम्म छुटमा खरिदको व्यवस्थासहित एक्सचेञ्ज अफर, किस्तामा मोवाइल फोन, एसोसरिज खरिदको सुविधा उपलब्ध हुनेछ । हरेक दिन ५ वटा मोवाइल डोर प्राइज दिने कार्यक्रम छ । मेलामा अघिल्ला संस्करणजस्तै अटो, औद्योगिक, मेड इन नेपाल, मोवाइल मेला पनि समावेश छन् ।
स्वस्थ मनोरञ्जनका लागि सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने खालका सांस्कृतिक कार्यक्रम एवं खानाका स्टल पनि राखिने जनाइएको छ । महिला उद्यमशिलता विकासको लागि मेलामा महिला उद्यमीका उत्पादनको प्रदर्शन र बिक्रीको व्यवस्था मिलाइएको छ भने मेलास्थलमै सीप सिकाउने कार्यक्रम पनि तय भएका छन् । उद्यमशिलता विकास, नवप्रवर्तनबारे जानकारी दिन, अर्थतन्त्रको वर्तमान अवस्था र आगामी बाटो एवं पोखराको पर्यटन प्रवद्र्धन, समुन्नत पोखरा निर्माणबारे गहन छलफलका निम्ति हरेक दिन मेलास्थलमै विज्ञ एवं सरोकारवालासँग ‘टक सो’ आयोजना गरिने जनाइएको छ ।
मेला सम्पन्न गर्न ५०१ सदस्यीय मूल आयोजक र कार्य सम्पादन समिति, सल्लाहकार समिति, विभिन्न २७ वटा उपसमितिहरु गठन गरिएको छ । मेला अवलोकनको लागि ५० रुपैयाँको प्रवेश शुल्क तोकिएको छ । संघका साधारण सदस्य, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पोशाकमा रहेका राष्ट्रसेवक सुरक्षाकर्मी र विद्यार्थीको हकमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक मनोहरि पौडेलले जानकारी दिए ।
Comments are closed.