चेम्वर एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बस्तुहरूको प्रदर्शनी, प्रवेश नि:शुल्क

काठमाडौं । भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो जारी छ । एक्स्पोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरूको बृहत प्रदर्शनी भइरहेको इभेन्ट म्यानेजमेन्ट कम्पनी इन्ट्रोडक्सन ट्रेड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए ।

एक्स्पोमा अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राख्दै निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । एक्स्पोमा विभित्र फुड टेस्टिङको सुविधा पनि छ ।

यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसोधन सामग्रीलगायतको प्रदर्शनी आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ ।

एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तुसहित सहभागिता .रहेको छ । उनका अनुसार यहाँ ५ दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल रहेको छ । एक्स्पो यही माघ २१ गतेसम्म चल्नेछ ।

 

You might also like

Comments are closed.