सकियो व्यापार मेला

पोखरा । पोखराको नयाँबजारमा आयोजित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ सकिएको छ । माघ १० गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट उद्घाटन भएको मेला १० दिनसम्म चल्यो । पोखरा उद्योग वाणिज्य संघ मेलाको आयोजक हो । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फोटेकको १२ औं संस्करण र मोवाइल बितरक संघले आयोजना गर्दै आइरहेको मोवाइल मेलाको चौथो संस्करण पनि यही मेलामा समाहित गरिएको थियो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार यो मेला नाफा आर्जन गर्ने हिसाबले नभइ उद्यमशिलता विकासका निम्ति आयोजना गरिएको थियो । उनले यो पटकको मेलालाई फरक शैलीले आयोजना गरिएको पनि जिकिर गरे ।

‘हामीले यो पटकको मेलामा साँच्चै फरक गर्न खोज्यौँ । मेलालाई सूचना प्रविधि सिक्ने थलो बनायौँ । यो पटकको मेला सूचना प्रविधिबारे जानकारी पस्कने, टक सोको माध्यमबाट उद्यमशिलता विकास,रोजगारी सिर्जनाबारे मन्थन गर्ने, सूचना प्रविधिसँग मान्छेलाई जोड्ने तथा आधुनिक जीवनको अपरिहार्य सर्त बनेको मोवाइल र त्यसका सामानहरुको प्रदर्शन गर्ने थलो बन्यो,’उनले भने ।

३३ औं संस्करणको मेलाबाट देशका सातवटै प्रदेशका उत्पादन, खाना एवं संस्कृतिको प्रदर्शन गर्ने प्रयत्नको सुरुवात गरिएको पनि उनको भनाइ छ ।

संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेला आयोजनाको क्रममा सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै उद्यमशिलता विकास तथा व्यवसायीको हितका लागि संघ निरन्तर क्रियाशिल रहने बताए ।

संघकी महासचिव शोभा गौतमका अनुसार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका थिए ।

‘लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य पनि उनले बताइन् । यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले बताए ।
मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका थिए ।

मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको थियो भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको थियो । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे« बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड, नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि, डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका थिए ।

युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अफिसियल एयरलाइन्स पार्टनर रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका थिए ।

You might also like

Comments are closed.