पाथवे अनुसन्धान तथा तालिम केन्द्रका प्रशिक्षार्थी दिक्षीत

काठमाडौं । पाथवे अनुसन्धान तथा तालिम केन्द्रका प्रशिक्षार्थी दिक्षीत भएका छन् । मन्टेश्वरी शिक्षक तालिम (Junior Diploma Course) सम्पन्न गरेका प्रशिक्षार्थीहरूको भव्य दीक्षान्त समारोह गरिएको हो । तालिम ३ महिनासम्म संचालन भएको हो ।

पाथवे अनुसन्धान तथा तालिम केन्द्रका प्रबन्ध निर्देशक अधिवक्ता रमेशजंग कुँवरले प्रशिक्षार्थीहरूलाई बधाई दिंदै “ प्रि-प्राइमरी तहका उत्कृष्ट शिक्षक उत्पादन गर्ने उद्देश्यका साथ मन्टेश्वरी, प्रारम्भिक बाल्यवस्था शिक्षा (ECD) तथा STEAM शिक्षामा आधारित शिक्षण विधिहरूलाई समावेस गरि तालिम प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा पाथवे मन्टेश्वरी विभागकी प्रधानाध्यापक बिमा केसी कुँवरले प्रशिक्षार्थीहरूको सीप अभिवृद्धिमा केन्द्रित हुँदै हामीहरु केवल कोर्स पूरा गर्नेमा मात्र केन्द्रित नभई उनीहरूको क्षमता तथा कमजोरी पहिचान गरी सोहि अनुरुप सुधार गर्ने कार्यमा केन्द्रित रहेको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि GESI विज्ञ  सीता बोहराले महिलाहरू नै प्रि प्राइमरी शिक्षाका लागि सर्वश्रेष्ठ शिक्षक बन्न सक्ने बताउँदै उत्कृष्ट शिक्षकका रूपमा स्थापित हुनुपर्ने बताइन् ।

कार्यक्रमका बिशेष अतिथि रिसर्चर तथा सोसियोलोजिष्ट दिपेन्द्र पाण्डेले तालिमलाई व्यवहारिक बनाएर बालबालिकाको समग्र विकासका लागि उत्कृष्ट शिक्षक बन्नुपर्ने बताए ।बालबालिकालाई काँचो माटोसँग तुलना गर्दै उनले शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने बताएका छन्। जसरी एक मूर्तिकारले काँचो माटोलाई एक सुन्दर आकार दिन सक्छ, त्यसैगरी एक शिक्षकले पनि बालबालिकाको जीवन निर्माण गर्न सक्ने उनले उल्लेख गरेका छन्।

उनले भने, “बालबालिका भनेको काँचो माटो जस्तै हुन्, र शिक्षकले नै उनीहरूको भविष्यको रूपरेखा निर्धारण गर्छन्। शिक्षकहरूको मार्गदर्शनले बालबालिकालाई सक्षम र योग्य नागरिक बनाउन सहयोग गर्छ।”

यसै सन्दर्भमा, पाण्डेले पाथवे रिसर्च एण्ड ट्रेनिङ सेन्टर द्वारा प्रदान गरिने आधुनिक शिक्षण विधिहरूको प्रशंसा गरेका छन्। उनले मोंटेसरी, ईसीडी (अर्ली चाइल्डहुड डेभलपमेन्ट), र एसटीईएएम (विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला, गणित) जस्ता नवीनतम शिक्षण प्रविधिहरूको तालिमले शिक्षण पद्धतिलाई प्रभावकारी बनाउने बताएका छन्।

पाथवे रिसर्च एण्ड ट्रेनिङ सेन्टरले शिक्षणका आधुनिक विधिहरूमा तालिम प्रदान गर्दै समय सुहाउँदो शिक्षक निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पाण्डेले समयसापेक्ष तालिम तथा प्रविधिहरूको अपनत्वले शिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

STEAM शिक्षक, काठमाडौँ विश्वविद्यालय नवीन मरासिनीले शिक्षण पद्धति समयानुकूल परिमार्जन गर्नुपर्ने बताए ।

ECD  विज्ञ सोनी पौडेल तामा‌ङले प्रारम्भिक बाल्यवस्था शिक्षाको महत्त्वबारे प्रकाश पार्दै शिक्षाको जग नै बाल्यकालमा मजबुत बनाउनुपर्ने गुणस्तरीय शिक्षक आवश्यक रहेको बताइन् ।

उक्त कार्यक्रममा पाथवे अनुसन्धान तथा तालिम केन्द्र, कल्पवृक्ष इन्टरनेशनल प्रा.लि. र साइट इन्टरनेशनल प्रा.लि. बीच सहकार्य गर्ने प्रतिबद्धता सम्बन्धित संस्थाहरुका प्रमुखहरु अधिवक्ता रमेशजंग कुँवर, नविन मरासिनी र सोनी पौडेल तामाङले जनाए ।

कार्यक्रमको सञ्चालन Aama’s Creation कि अध्यक्ष सुरुची खड्काले गरेकी थिइन् ।

You might also like

Comments are closed.