नाडा र वाडाबीच अन्तरक्रिया, पोखरामा वाडा अटो सो गर्ने तयारी

काठमाडौं । नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन ९वाडा०को टोलीबीच छलफल तथा अन्तरक्रिया भएको छ । वाडाको नवनिर्वाचित कार्यसमितिलाई नाडाले बधाई ज्ञापन गर्दै अटोमोवाइल व्यवसायकाबारे अन्तरक्रिया तथा समसामयिक विषयमा छलफल गरेको हो ।

नाडाका अध्यक्ष करण चौधरीले नाडाले च्याप्टरहरुसँग सुमधुर सम्वन्ध स्थापना गर्दै सहकार्य गरिरहेको बताए । उक्त अवसरमा बोल्दै वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले नाडासँग सहकार्य गर्दै आफूहरु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच, नाडा र वाडाको सहकार्यमा पोखरामा पोखरा अटो सो गर्ने निर्णय पनि भएको छ । पोखरामा अटो सो सम्पन्न गर्नका लागि नाडाकातर्फबाट नाडा कार्यसमिति सदस्य अनुप बराललाई संयोजक तथा संयोजन गर्ने जिम्मेवारी दिइएको छ भने वाडाको तर्फबाट उपाध्यक्ष निरन केसीले संयोजन गर्नेछन् । आगामी चैत्र भित्रमा पोखरामा अटो सो गर्ने गरी छलफल भएको र छिट्टै मिति तय गरिने छलफलबाट निष्कर्ष निकालिएको बताइएको छ ।

You might also like

Comments are closed.