माघ २३ गतेदेखि ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’

काठमाडौं । सागर ग्रुपले आयोजना गरेको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ भोली बुधबारदेखि शुरु हुँदैछ । भोली शुरु हुने एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघ २९ गतेसम्म संचालन हुनेछ ।

आफ्नो ब्राण्ड तथा प्रडक्टको प्रयोग, विशेषतालगायत विभिन्न विधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् । एक्स्पोले नयाँ र अपडेटेडका साथै नविनतम प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्ने उनले बताइन् ।

विगत १६ वर्षदेखि सो ग्रुपले नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा प्रदान गर्दै आएको छ ।

साथै एक्स्पोमा प्रिन्टर वा कुनै सामान खरिद गर्दा विशेष छुटको व्यवस्था पनि गरिएको छ । । एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरिने छ । एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ ।

क्युआर कोड मार्फत नाम दर्ता गरेर एक्स्पोमा निःशुल्क प्रवेश गर्न सकिन्छ । साथै क्युआर कोड मार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्न सक्नेछन् ।
मिट एण्ड ग्रिट एक्स्पोको अवसर पारेर सागर ग्रुपले इनेक्स क्यामेरा लन्च गर्ने छ । विश्व बजारमा निकै लोकप्रिय उक्त क्यामेराका तीन वटा मोडल लन्च हुने बताइएको छ ।

 

You might also like

Comments are closed.