नेपालको वर्तमान आर्थिक अवस्थाबारे हामी सबैै गम्भिर हुनुपर्ने अवस्था आएको छ । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले नेपालको निजी क्षेत्रलाई प्रत्यक्षरूपमा प्रभावित बनाएको छ ।
कोरोना महामारीले विश्वव्यापी रूपमा अर्थतन्त्रमा ठूलो धक्का पु¥यायो । नेपाल पनि यसबाट अछुतो रहन सकेन । महामारीपछिको समयमा, नेपालको आर्थिक मन्दीले विशेषगरी निजी क्षेत्रलाई गम्भीर चुनौतीहरूको सामना गर्न बाध्य बनाएको छ । राज्यले अहिलेसम्म पनि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र उनीहरूका समस्या समाधान गर्ने उद्देश्यले प्रभावकारी नीति ल्याउन सकेको छैन ।
बैंकहरूमा पर्याप्त पैसा भएपनि निजी क्षेत्रले ऋण लिन सकेको छैन । ऋण लिन डराउनुपर्ने अवस्था सिर्जना भएको छ । लगानीमैत्री वातावरण नहुँदा नयाँ नयाँ आयोजनाहरु विस्तार भएका छैनन्, जसले गर्दा रोजगारी बृद्धिमा पनि संकुचन आएको छ । युवा जनशक्ति दिनप्रतिदिन विदेशिने क्रम बढ्दो छ । हरेक दिन आर्थिक गतिविधिमा थप गिरावट आएको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आफ्नो ठाउँबाट निजी क्षेत्रका समस्याहरूको पहिचान गर्दै ती समस्याहरूको समाधानका लागि निरन्तर पहल गरिरहेको छ । संघले जिल्ला भित्रका विभिन्न उद्योग व्यवसायका समस्याहरूलाई नजिकबाट अध्ययन गरेर तिनको समाधानका उपायहरू खोज्ने प्रयास पनि गरिरहेको छ । हामीले निजी क्षेत्रका लागि अनुकूल वातावरण सिर्जना गर्न आवश्यक सुझावहरु दिदै आएका छौं । ती सुझावहरु कार्यान्वयन गर्दै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिन जरुरी छ ।
कुराकानीमा आधारितः
Comments are closed.