पोखरा । पोखरामा हुने वाडा अटो सो सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा पोखरामा अटो सो हुनेछ ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चैत १४ बाट १७ सम्म हुने अटो सो सफल बनाउन १६ वटा विभिन्न उपसमिति गठन भएको महासचिव विनय थापाले जानकारी दिए ।
अनुगमन तथा सल्लाहकार उपसमिति संयोजकमा दीपेन्द्र कोइराला, अतिथि स्वागत संयोजकमा कृष्णप्रसाद श्रेष्ठ, सुुरक्षा व्यवस्थापन तथा मोटर र्याली संयोजकमा शिव श्रेष्ठ, कार्यक्रम संयोजकमा निरन केसी, मिडिया तथा प्रचार प्रसार संयोजकमा विनय थापा, प्रायोजन व्यवस्थापन संयोजकमा अशोक चालिसे चयन भएका छन् ।
त्यसैगरी, स्थानीय समन्वय तथा पार्किङ संयोजकमा दीपेन्द्र भण्डारी, प्रकाशन तथा उपहार व्यवस्थापन संयोजकमा छबिलाल सुवेदी, ईभेन्ट म्यानेजमेन्ट संयोजकमा सन्ध्या पौडेल, चार पाँग्रे स्टल व्यवस्थापन संयोजकमा नुरज बाटाजू, बैंक, इन्स्योरेन्स तथा ब्यानर व्यवस्थापन संयोजकमा सौरभ थापा, यातायात व्यवस्थापन संयोजकमा अशोक कुमार चौधरी, सरकारी कार्यालय तथा संघसंस्था समन्वय संयोजकमा अम्बिका मोहन भट्टराई, आवास एवं एरलाइन्स व्यवस्थापन संयोजकमा शिव ॐ बराल, हेभि इक्यृपमेन्ट व्यवस्थापन संयोजकमा बालकृष्ण कोइराला, स्पेयर्स पार्टस तथा एसोसरिज संयोजकमा प्रतीक सुवेदी चयन भएका छन् । विद्युत खानेपानी तथा टेलिफोन संयोजकमा नरेश सुवेदी, दूुई प्राङ्ग्रे सबारी व्यवस्थापन संयोजकमा छबिलाल गौतम, स्टेज तथा रेष्टुुरेण्ड व्यवस्थापन संयोजकमा हरिप्रसाद तिवारी चयन भएको वाडाका कार्यालय प्रमुख गोविन्द पौडेलले जानकारी दिए ।
Comments are closed.