पोखरा । पोखरामा दिपल गाडीको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रको लागि दिपलको आधिकारिक बिक्रेता हिमालय अर्गनाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले चाउथेमा शोरुम स्थापना गरेको हो ।
सो अवसरमा दिपल इ०७ गाडीको बिक्री शुभारम्भसमेत गरिएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, नाडाका अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा लगायतका अतिथिहरुको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो ।
दिपल शोरुममा फागुन १० देखि १४ सम्म टेष्ट ड्राइभसमेत सञ्चालन हुने जनाइएको छ । सो अवसरमा विशेष छुटमा गाडीको बुकिङ लिइने बताइएको छ।
विद्युतीय गाडी दिपल पोखरामा बिक्री सुरुवात भएको छोटो समयमा नै लोकप्रिय बनेको अध्यक्ष थापाले बताए । विद्युतीय गाडीको माग बढिरहेको अवस्थामा पोखरामा दिपल थप लोकप्रिय हुने र धेरैको विश्वास प्राप्त हुने उनले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै सेवा प्रदान हुने उनले बताए ।
Comments are closed.