पोखरा । पोखरामा लेकसाइडमा सञ्चालित ‘मजेष्टिक लेक फ्रन्ट होटल एण्ड स्विट्स’मा लगानी विस्तार भएको छ । सञ्चालक सुनिलबहादुर भट्टराईका अनुसार होटलमा २४ वटा रुम थप हुनेछ । हाल ३८ वटा रुम रहेको होटलमा अब ६२ रुमबाट सेवा सञ्चालन हुनेछ ।
सभाहल, फिटनेस सेन्टर, ज्याकुजी लगायतका सेवा थप गर्ने गरी लगानी विस्तारको काम भइरहेको उनले बताए । ‘थप संरचना निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘थपिएको संरचनाबाट छिट्टै सेवा सञ्चालन हुनेछ ।’
पोखराको लेकसाइडस्थित खहरेमा सञ्चालित होटल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।
लगानी विस्तार हुँदासम्म होटलमा ३० करोड भन्दा बढी लगानी हुने भट्टराईले जानकारी दिए ।
होटलमा ५ वटा स्विट, ६ वटा फेमिली रुम छन् ।
आकर्षक रेष्टुरेन्ट, स्विमिङ पुल, हल, स्पा लगायतको सेवा होटलमा उपलब्ध छ । स्विमिङपुलसँगै बारको सेवा पनि उपलब्ध छ ।
रेष्टुरेन्टमा कन्टिनेन्टलसहित सबै प्रकारका खाना तथा खाजाका परिकार उपलब्ध छन् ।
‘रेष्टुरेन्टमा लन्च गर्ने सेवाग्राहीलाई स्विमिङ पुलको सेवा निःशुल्क उपलब्ध गराइएको छ,’ उनले भने ।
‘पोखरामा सुविधासम्पन्न होटलको आवश्यकता महसुस गरी लगानी गरेको हुँ,’ उनले भने, ‘मजेष्टिक लेक फ्रन्टमा आउने पाहुनाले फरक खालको अनुभूति गर्ने हामीले विश्वास लिएका छौं ।’
Comments are closed.