नाडा पूर्व अध्यक्ष दुलाल महासंघमा मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा कृष्णप्रसाद दुलाल मनोनित भएका छन् । नाडाका पूर्व अध्यक्षसमेत रहेका दुलाल यस अगाडि पनि कार्यकारिणी सदस्यमा कार्य गरिसकेका थिए ।

महासंघको विधानको दफा २९ को उपदफा (च) १० अनुसार उनलाई कार्यकारिणी समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनयन गरेका हुन् । मनोनित भएसँगै महासंघमा उनको दोस्रो कार्यकालको यात्रा सुरु भएको छ ।

अटोमोबाइल लगायतका व्यवसायमा सक्रिय दुलालको मनोनयनलसँगै महासंघको कार्यसम्पादनमा थप योगदान पुग्ने विश्वास गरिएको छ । महासंघमा मनोनयन गर्ने अध्यक्ष ढकाल र महासंघप्रति आभार व्यक्त गर्दै दुलालले आफ्नो तर्फबाट सक्दो राम्रो काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुन्दर हरैँचा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत रहेका दुलाल जेसीज कीर्तिपूरको पनि पूर्व अध्यक्ष हुन् ।

You might also like

Comments are closed.