‘बिवाइडीले अझै नविनतम प्रविधिहरू लिएर नेपालमा उपस्थित हुन्छ’

काठमाडौं । ‘बिवाईडी हाइ टेक विक’ सफलता पूर्वक सम्पन्न गर्न योगदान गर्ने सम्पूर्णप्रति बिवाईडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले आभार व्यक्त गरेको छ । बिवाईडी उत्पादन देश चीन पछि नेपालमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो ।

एभरेष्ट होटल परिसरमा एक सातासम्म आयोजना भएको उक्त कार्यक्रममा बिवाइडीको नविनतम प्रविधिको अवलोकन गर्नेहरुको आकर्षण देखिएको छ । नयाँ पाँच वटा गाडी सार्वजनिक भएका थिए ।

बिवाइडी हाइटेक विक सम्पन्न भएपछि प्रतिक्रिया दिदै प्रालिका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले आगामी दिनहरूमा अझ नविनतम प्रविधिहरू लिएर उपस्थित हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

‘बिवाइडी हाइ टेक विक सफल बनाउन लागिपर्नु भएका सबैलाई धन्यवाद’ श्रेष्ठले भनिन्, ‘बिवाईडी हाइटेक विकलाई उत्कृष्ट र अविस्मरणीय बनाउन अहोरात्र मेहनत गर्ने पुरा टोली, साझेदार, मिडिया प्रतिनिधि र हाम्रा अतिथि महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरूको समर्थन, समर्पण, र योगदान बिना यो सम्भव हुने थिएन ।’

हरित भविष्यतर्फको यात्रा निरन्तर जारी रहेको र बिवाईडीले यो अभियानमा महत्वपूर्ण योगदान गर्ने साइमेक्स इंकले प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.