काठमाडौं । बहुप्रतिक्षित मानिएको ‘एमजी एस ५ इभी’ नेपालमा सार्वजनिक भएको छ । एमजीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बौद्धस्थित हायत रिजेन्सीमा बिहीबार विशेष कार्यक्रमसहित एमजी एस ५ सार्वजनिक गरेको हो ।
गाडीको मूल्य ४३ लाख ९९ हजारबाट सुरू हुने कम्पनीले जनाएको छ । दोस्रो भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र तेस्रो भेरियन्टको मूल्य ५४ लाख ९९ हजार कायम गरिएको छ । सार्वजनिक भएसँगै यो गाडी नेपाली बजारमा बुकिङ र बिक्रीका लागि उपलब्ध भएको छ ।
‘अल्ट्रा थिन’ ब्याट्री जडान गरिएको यो गाडी नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । आकर्षक लुक्स तथा स्तरीय फिचर्सहरुले ग्राहक आकर्षित हुने विश्वास गरिएको छ ।
पहिलो र दोस्रो भेरियन्टको गाडीमा ४९.१ केडब्लुपिएच ब्याट्री जडान छ भने टप भेरियन्टमा ६२.२ केडब्लुपिएच ब्याट्री जडान गरिएको छ । एक पटकको फुल चार्जमा पहिलो र दोस्रो भेरियन्टले ३४० किमी रेन्ज दिनेछ भने टप भेरियन्टको गाडीले ४३० किमी रेन्ज दिने दावी गरिएको छ ।
गाडीमा जडान गरिएको स्मार्ट सिस्टमले गाडीलाई थप आधुनिक र सुविधाजनक बनाउने विश्वास गरिएको छ ।
Comments are closed.