रिना जोशीले खोलिन् काठमाडौं मलमा ‘चुज मी’को दोस्रो आउटलेट

काठमाडौं । नेपाली फेसन उद्योगमा छोटो समयमा अग्रणी पहिचान बनाउन सफल ब्रान्ड ‘चुज मी’को दोस्रो आउटलेट काठमाडौं महल सुन्धारामा सञ्चालनमा आएको छ । पहिलो आउटलेट पाटनमा खोलेर सञ्चालनमा ल्याएकी महिला उद्यमी रिना जोशीले शाखा विस्तार गर्न सफल भएकी हुन् । जोसीलाई ‘चुज मी दिदी’ भनेर पनि धेरैले चिन्छन् ।

काठमाडौं मल्लको इन्ट्रान्स लेभल सप नं. १०९ मा खुलेको नयाँ आउटलेटको उद्घाटन फेसनप्रेमीहरूको उपस्थितिमा सम्पन्न भएको छ । ग्राहक, व्यवसायी, तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा उपस्थितहरूले ‘चुज मी’का फेसन कलेक्सनहरु मन पराएका छन् ।

‘फेसन भनेको केवल कपडा होइन, आत्मविश्वास हो,’ सञ्चालक जोशी भन्छिन्, ‘मैले चुज मी सुरु गर्दा ग्राहकहरूको साथ नै मेरो सबैभन्दा ठूलो शक्ति बन्यो । तपाईंहरूको साथ, समर्थन र माया सधैं रहोस् भन्ने मेरो चाहना छ ।’

शिक्षिकाबाट सफल उद्यमी बनेकी रिना जोशी सामाजिक सञ्जालमा भाइरल छिन् । केही वर्षअघिसम्म सानो सपना देखेर व्यवसाय थालेकी रिना जोशीको ब्रान्ड आज नेपाली फेसन बजारमा एक ट्रेन्ड बन्दै गएको छ । कटनका कुर्था, सुरवाल र सारी प्रमुख आकर्षण रहेको ‘चुज मी’ ले नयाँ आउटलेट ओपनिङको अवसरमा १० प्रतिशत छुट समेत उपलब्ध गराएको छ ।

‘चुज मी’को दुई ब्रान्च गरेर करिब १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने हालसम्म ५० लाख भन्दा बढी लगानी भइसकेको छ ।

You might also like

Comments are closed.