एनसेल नेपाल सुपर लिग २०२५ को खेल तालिका सार्वजनिक

काठमाडौं । प्रतीक्षित एनसेल नेपाल सुपर लिग (NSL)  २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ ।

आगामी चैत १६ गतेसुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महा भिडन्तका साथ समापन हुनेछ । एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ । यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिनेछ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट ९ल्क्भ्ः० द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ ९ब्ल्ँब्० को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ। यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

एनसेल, नेपालभर मोबाइल संचार तथा डिजिटल समाधान प्रदान गर्ने अग्रणी दूरसञ्चार कम्पनी हो। नेपाल सुपर लिग ९ल्क्ी० को मुख्य प्रायोजकको रूपमा, एनसेल नेपाली फुटबलको प्रवर्द्धनमा समर्पित छ, जसले उदीयमान तथा अनुभवी खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दछ।

नेपालको प्रमुख व्यावसायिक फुटबल लिग एनसेल एनएसएल विभिन्न क्लबका उत्कृष्ट खेलाडीहरूलाई एक मंचमा ल्याउने गुणस्तरीय प्रतियोगिता हो। प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्याउदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले मद्दत गरिरहेको छ। अब, फुटबलप्रेमीहरूले एनसेल एनएसएल २०२५ को रोमाञ्चक खेलहरूको प्रतिक्षा गरिरहेका छन्।

You might also like

Comments are closed.