पोखरा । बिजीएन ग्रुप प्रालिले लगानी विस्तार गरेको छ । यो ग्रुपले पोखरा महानगरपालिकाको वडानम्बर १ मा बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट संचालनमा ल्याएको छ । बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्गको तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा नयाँ आउटलेट संचालनमा ल्याएको हो ।
घरयासी प्रयोजनका समानहरु बिक्री वितरण गर्ने गरी आउटलेट सुरु गरिएको कम्पनीका प्रबन्ध संचालक बालाकृष्ण कोइरालाले जानकारी दिए । भौतिक पूर्वाधार निर्माण क्षेत्रमा कार्य गर्दै आएको समूहले नयाँ क्षेत्रमा लगानी गरेको हो ।
सुरुवाती चरणमा २ करोडको लागतमा बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्स संचालनमा आएको कोइरालाले बताए । किचेन र इलेक्ट्रोनिक्स सामग्री उपभोक्ताले खरिद गर्न सक्ने छन् ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आउटलेटको उद्घाटन गरेका हुन् ।
कम्पनीका प्रबन्ध निर्देशक कोइराला हेवि इक्वीपमेन्टका संघको केन्द्रीय सदस्य, कास्की जिल्ला अध्यक्ष र पञ्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन पोखराको कार्यसमिति सदस्य भएर पनि काम गरिरहेका छन् ।
Comments are closed.