पोखरा । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा आयोजना गर्न लागेको ‘वाडा अटो सो २०२५’मा प्रतिष्ठित अटो ब्राण्डहरुले स्टल राख्ने भएका छन् । नेपाली बजारमा लोकप्रिय रहेका ब्राण्डहरुले स्टल बुक गरिसकेका छन् । काठमाडौंमा हुने अटो सोमा जस्तै गरी पोखरामा हुने अटो सोमा पनि विद्युतीय गाडीहरुकै बाहुल्यता रहने भएको छ ।
चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुनेछ । पोखरामा पहिलो पटक हुन लागेको अटो सोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राख्ने भएका छन् । त्यसैगरी आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरुको पनि सहभागिता रहनेछ । हुन्डाई, टाटा, कियाले इभीसँगै आइस गाडीलाई पनि सोकेस गर्नेछ । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
त्यसैगरी कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा रहने वाडाका उपाध्यक्ष एवं अटो सो संयोजक निरन केसीले जानकारी दिए । अटो सोमा २–पाङग्रे, ४–पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुको स्टल पनि रहनेछ ।
गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहने वाडाले जनाएको छ । वाडा अटो सोको तयारी तिब्र बनाइएको वाडाका महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापाले जानकारी दिए ।
Comments are closed.