पोखरा । पोखरामा हुने अटो शोमा विद्युतीय गाडी बिक्रेता साइमेक्स इंक प्रालिले बिवाइडी गाडीलाई बिक्री तथा प्रदर्शनीमा राख्ने भएको छ । स्टल नं. बि २० र २१ मा बिवाइडीका गाडीहरु रहनेछन् ।
नाडा र वाडाको आयोजनामा चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो शो हुँदैछ । बिवाइडीको लागि नेपालको एकमात्रै आयातकर्ता साइमेक्स इंकले वाडा अटो शोमा बिवाइडी एम६, डल्फिन, एट्टो ३ एडभान्स र एट्टो ३ सुपेरियर गरी ४ वटा मोडलका गाडी प्रदर्शन हुनेछन् ।
अटो शोलाई लक्षित गरी बिवाइडीले आकर्षक अफरसमेत सार्वजनिक गरिसकेको छ । अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकहरुले बिवाइडीको ब्याट्री र मोटरमा १० वर्षको वारेन्टी तथा २ लाख किमी वारेन्टी प्राप्त गर्नसक्ने नेशनल सेल्स हेड आशुतोष गौतमले जानकारी दिए । ‘अटो शोमा बिवाइडीका ग्राहकले आकर्षक नगद छुटसहित अन्य थुप्रै अफर पाउनुहुनेछ,’ उनले भने, ‘अटो शोमा बिवाइडी बुकिङ गर्ने ग्राहकहरु लाभान्वित हुनुहुन्छ ।’
एसेसरिज, चार्जनर निःशुल्क पाउनेछन् भने एक वर्षको इन्स्योरेन्स र र रोड ट्याक्ससमेत निःशुल्क हुने जनाइएको छ । बिवाइडीको एडभान्स टेक्नोलोजीलाई नजिकबाट बुझ्नका लागि पनि अटो शोमा बिवाइडीको स्टल भिजिट गर्न सकिने कम्पनीले जनाएको छ ।
Comments are closed.