पोखरा । पोखरामा हुने अटो शोलाई पोखरा इन्टरनेटले साथ दिएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा चैत १४ देखि १७ सम्म अमरसिंहचौरमा अटो शो हुँदेछ । पोखरा इन्टरनेट अटो शोको इन्टरनेट पार्टनर बनेको छ ।
३० भन्दा बढी ब्राण्डका अटोमोबाइल कम्पनीहरुको सहभागितामा हुन लागेको अटो शोमा पोखरा इन्टरनेटले आकर्षक अफरसमेत ल्याएको जनाइएको छ ।
अटो शोमा गाडी किनेका ग्राहकले पोखरा इन्टरनेटबाट ३ महिनाको लागि इन्टरनेट सेवा पाउने भएका छन् । साथै फाइभ जि राउटर पनि निःशुल्क उपलब्ध हुनेछ ।
अन्य आकर्षक छुट पनि उपलब्ध हुने पोखरा इन्टरनेटले जनाएको छ । पोखरामा टिभी तथा इन्टरनेट सेवाका लागि पोखरा इन्टरनेटले धेरै ग्राहकको विश्वास जित्न सफल भएको छ ।
Comments are closed.