पोखरा । पोखरामा चैत १४ देखि १७ सम्म हुने ‘वाडा अटो शो’मा हुन्डाई गाडीहरु प्रदर्शनीमा राखिने भएको छ । अटो शोमा स्टल नं. बि १५ र १६ मा हुन्डाईका गाडीहरु देख्न सकिनेछ । अटो शोमा हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई क्रेटा विशेष आकर्षण बन्ने भएको छ ।
चैत ११ गते काठमाडौंमा सार्वजनिक भएका यी गाडीहरु अटो शोमा पनि सार्वजनिक गर्दै सोकेस हुनेछन् । क्रेटासँगै मेड इन नेपाल हुन्डाई भेन्यु र ग्राण्ड आइटेन नियोस पनि प्रदर्शनीमा राखिने आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।
हुन्डाईले ग्राहक आकर्षित गर्न विशेष अफर ल्याउने तयारीसमेत गरेको बुझिएको छ ।
बहुप्रतिक्षित हुन्डाई क्रेटा ईभी नेपाली बजारमा चारवटा भेरियन्टमा उपलब्ध छन् । जसअनुसार एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख ९६ हजार, स्मार्ट(ओ) को ५६ लाख ९६ हजार र प्रिमियम प्लसको ५९ लाख ९६ हजार कायम गरिएको छ ।
मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको दमदार फिचर र एड्भान्स टेक्नोलोजीले इलेक्ट्रिक एसयूभी बजारमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीले दावी छ ।
त्यसैगरी मेड इन नेपाल क्रेटाको मूल्य पनि घटाइएको छ । मूल्य घटेसँगै सदावहार लोकप्रिय ब्राण्ड क्रेटामा ग्राहकहरु थप आकिर्षत हुने विश्वास गरिएको छ ।
Comments are closed.