पोखरामा स्काईवेलको शो रुम संचालन

नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले पोखरामा शो रुम शुभारम्भ गरेको छ । नेपालमा पाइने विद्युतीय सवारी साधनमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक बर्ष अगाडी भित्र्याएको थियो ।

नाडाका निर्वतमान अध्यक्ष ध्रुववहादुर थापा र स्काइवेलको आधिकारिक बिक्रेता जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल लगायतले शो रुमको उद्घाटन गरेका हुन् । इको मोर्टस पोखराले शो रुम संचालनमा ल्याएको इको मोर्टस पोखराका संचालक अर्जुन गिरीले जानकारी दिए ।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्टे«लिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ ।

स्काईवेल चिनिया ईलेक्ट्रोनिक्स्जाईन्ट स्काईवर्थको ब्राण्ड हो । राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो । भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको विक्री वितरण शुरु गरेको थियो ।

नेपाली बजारमा भित्रिएको एक बर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १ सय बढी एसयुभीहरु नेपालमा विक्री गरिसकेको छ । नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि. मोटर्स प्रालि रहेको स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि. मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ ।

कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल भन्छन्, “हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडी विक्री गछौं, उहाँहरु घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने उही लक्जिरी प्राप्त हुने विकल्पको रुपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ, त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा चुक्नेछैनौ, हामी घरमै गएर सेवा दिन तयार छौँ ।”

जि। मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले स्काईवेल साधारण ईभी मात्र होइन यो प्रिमियम एसयुभी ब्राण्डको रुपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन रहेको बताए । एक करोड १५ लाख रुपैंया मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैंया मूल्य पर्छ । यसै बर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.