पत्रकार थापालाई राष्ट्रिय डिजिटल मिडिया खोज पत्रकारिता अवार्ड

काठमाडौं । ‘राष्ट्रिय डिजिटल मिडिया खोज पत्रकारिता अवाड–२०८१’ बाट अन्नपूर्णकर्मी ममता थापा सम्मानीत भएकि छन् । न्यूज एक्सप्रेस मिडिया प्रा.लिले राजधानीमा वुधबार आयोजीत गरेको दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड –२०८१ मा थापालाई सम्मान गरिएको हो ।

उक्त अवार्ड प्रतिनिधि सभा उप–सभामुख इन्दिरा राना, न्यूज एक्सप्रेस मिडियाका अध्यक्ष मिलन सिंह परियार र प्रबन्ध निर्देशक जीवन कुमार अधिकारीले थापालाई खादा सहित ट्रफि र सम्मानपत्र प्रदान गरेका हुन् । पत्रकारितामार्फत् जनतालाई सूचित गर्न विकृति विसंगति विरूद्ध खबरदारी गर्ने र निरन्तर पत्रकारितामा खटेको भन्दै उत्प्रेरणा स्वरूप सम्मान प्रदान गरिएको सिफारीस समितीका संयोजक तथा अनलाईन टिभी पत्रकार संघका अध्यक्ष जिवन भण्डारीले बताए । यससँगै उक्त अवार्ड अन्तर्गत नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पत्रकार हरीहर विरहीलाई लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

गत वर्षदेखी शुरु गरेको सो अवार्डमा डिजिटल अन्तर्गतका विभिन्न विधामायसैगरी पत्रकारहरू जगदीश खरेल, रुपा खड्का, ठाकुर बेल्बासे, नवराज कुँवर, रोहित भण्डारी, सविना कार्कि सञ्जीव रेग्मी, केशवराज जोशी, गोपीकृष्ण चापागाईं, भोजराज थापा लगायत १९ जनालाई सम्मान गरिएको थियो । यससँगै ८ जना सामाजसेवीलाई समेत सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.

Secret Link