पोखरा । नेपालमा नै राजधानीभन्दा बाहिरको सबैभन्दा पहिलो आई.बी. वर्ल्ड स्कुलका रूपमा रहेको फिस्टेल एकेडेमी आई.बी.वर्ल्डस्कुल, अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सफल भएको छ ।
फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक (International Baccalaureate) संगठनबाट अनुमति प्राप्त गरेको छ र यसले आफूलाई आधिकारिक आई.बी.वर्ल्ड स्कुलका रूपमा स्थापित गराउन सफल भएको छ । यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको छ । यसले समुदायसँग सहकार्य गरी, स्थानीय मूल्यमान्यताको संरक्षण गर्दै अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर विश्वस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
विश्वकै उत्कृष्ट मानिएको आई.बी. संस्थामा आवद्ध भएकाले यस विद्यालयका विद्यार्थीहरूले अब सानै उमेरदेखि नै खोजमा आधारित, विश्वव्यापी मान्यताप्राप्त सवल शिक्षा प्राप्त गर्न सक्ने छन । यस विषयमा थप प्रस्ट पार्दै विद्यालयका निर्देशक एलिस रानाभाटले भने, ‘‘यो उपलब्धि हाम्रो विद्यालयका लागि मात्र होइन, समग्र पोखरा उपत्यकाकै लागि गर्वको विषय हो । यस विषय पोखरालाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन र नेपालमा शैक्षिक रूपान्तरणको नेतृत्व गर्न पाउनु हाम्रा लागि एक ऐतिहासिक र साहासिक उपलब्धि भएको
छ ।’’
आई.बी.पाठयक्रमले जिज्ञासा, सिर्जनात्मकता, आलोचनात्मक सोच र करुणालाई पक्षपोषण गर्दछ भने विद्यार्थीहरूलाई सक्रिय रूपमा जीवनभर सिकिरहने र आफूलाई जिम्मेवार विश्वव्यापी नागरिकका रूपमा स्थापित गर्न सक्ने बनाउँछ । यस उपलब्धिसँगै फिस्टेल एकेडेमी आई.बी.वर्ल्ड स्कुल विश्वका १६० भन्दा बढी देशमा रहेका पाँच हजार सात सयभन्दा बढी आई.बी.वल्र्ड स्कुलहरूको सशक्त सञ्जालमा समाहित भएको छ । यस अवसरले पोखरा र समग्र गण्डकी प्रदेशमै विद्यार्थीहरूका लागि नयाँ सम्भावनाको ढोकाखोलेको र उनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा अग्रगामी फड्को मार्न र विश्वसमुदायमा घुलमिल हुन सक्षम बनाउने छ ।
पोखरा पर्यटन र संस्कृतिका क्षेत्रमा गतिशील केन्द्रका रूपमा विकसित हुँदै गर्दा यस फिस्टेल एकेडेमी आई.बी.वल्र्ड स्कुलले नेपालको शैक्षिक अवस्थामै समावेशी, विश्वव्यापी र सुनौलो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन काममा नेतृत्वसमेत गर्न पाएकामा गैरव महसुस भएको अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।
Comments are closed.