काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मङ्गलवार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।
आज देखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले घटाइएको निगमले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मटितेल १४६ रुपैयाँमा आइपुगेको छ ।
विश्व बजारमा ४ वर्षकै यता पेट्रोलियम पदार्थको मल्यामा भारी गिरावट आए पनि नेपालमा भने कम मात्रामा घटेको हो ।
Comments are closed.