प्रतितोला दुई हजार सात सयले बढ्यो सुनको मुल्य, बनायो कीर्तिमानी उचाई

काठमाडौं । बुधवार सुनको मुल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १ लाख ८७ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार नेपाली बजारमा १ लाख ८४ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो । आज एकैदिन तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य भने १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

You might also like

Comments are closed.